STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमती प्रदेशमा अब नेपालभाषा र तामाङ भाषा पनि कामकाजी भाषा, निर्णयको खुसियालीमा भाषा दिवस हर्षोल्लासले मनाइयो

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २४, सोमबार

काठमाडौँ - बागमती प्रदेशमा आजदेखि तामाङ र नेपालभाषा पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएका छन् ।  प्रदेश सरकारले नेपाली भाषासहित तामाङ भाषा र नेपालभाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

यसै निर्णयको खुसियाली उत्सव मनाउने क्रममा आजै भाषा दिवस पनि मनाइएको छ । भाषा दिवस मनाउने क्रममा सोमबार बिहान बसन्तपुरमा जम्मा भएका विभिन्न नेवार तथा तामाङ समुदाय, संघसंस्था, विद्यार्थी एवं महानगरपालिका अन्तर्गत नेपालभाषा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुले र्‌याली निकालेको थियो । सांस्कृतिक बाजागाजाका साथ नाचगान सहित निकालिएको र्‌यालीले नगरपरिक्रमा पश्चात् बसन्तपुरमै आयोजित विशेष सभामा सहभागी भएका थिए । 

सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा गरिएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपालभाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

 

Categorized in राष्ट्रिय