STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा सविना महर्जन उत्कृष्ट

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ बैशाख ८, शनिबार

अन्तर क्याम्पस नेपालभाषा कविता प्रतियोगितामा कवयित्री सविना महर्जनको ‘छं ब्यूगु गोली’ शीर्षकको कविता उत्कृष्ट छानिएको छ ।

ललितपुरको बालकुमारीमा घटेको गोलीकाण्डमा आधारित महर्जनको कविता उत्कृष्ट हुनुका साथै यसले नगद १५ हजारको पुरस्कार जित्न सफल भएको छ ।

नेपालभाषा विभागको ईरा गौरी कक्षमा आज शनिबार सम्पन्न एक कार्यक्रममा प्रतियोगिताको नतिजा सार्वजनिक गरिनुका साथै पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगिताको आयोजक लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा को प्रमुख अतिथिको रुपमा वरिष्ठ कवि योगेन्द्र प्रधानको उपस्थिति थियो ।

अन्तर क्याम्पस कविता प्रतियोगितामा नेपालभाषा केन्द्रीय विभागका एम.ए. र एम.फिल., रत्नराज्य क्याम्पस र पाटन संयुक्त क्याम्पसमा नेपालभाषा अध्ययन गर्ने २५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नवीन प्रकाश श्रेष्ठ (एम.फिल् पिएचडी)को ‘जिन्दगीया परिभाषा’ कविताले दोस्रो पुरस्कार प्राप्त गरेको थियो भने रत्नराज्यलक्ष्मी क्याम्पस एम.ए. पहिलो सेमेष्टरका इन्द्र महर्जनको ‘झीसं झीगु जिन्दगीया घःचाः’ शीर्षकको कविताले तेस्रो पुरस्कार प्राप्त गर्न सफल भएको थियो । यसैगरी नेपालभाषा केन्द्रीय विभाग एम.ए.का हरिसुन्दर पोतामाहाँको ‘झल्ल देया किपा दः’ र रत्नराज्यलक्ष्मी क्याम्पसका प्रशान्त डंगोलको ‘त्वहः’ कवितालाई सान्त्वना पुरस्कार दिइएको थियो । कार्यक्रम उत्कृष्ट कविता वाचन गर्नुहुने जितेन्द्र रसिकलाई मायाको चिनो र पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनले पाँच हजार र सान्त्वना पुरस्कार पाउनले नगद दुई–दुई हजार पाएका थिए ।

विजयी कविहरुलाई प्रमुख अतिथि योगेन्द्र प्रधानले पुरस्कार वितरण गर्नुभएको थियो भने नेपालभाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशीले प्रमाणपत्र र लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठले नगद पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपालभाषाका वरिष्ठ साहित्यकार एवं गजलकार भूषणप्रसाद श्रेष्ठको संयोजकत्वमा सुरेशकिरण मानन्धर र नारद वज्राचार्य सम्मिलित निर्णायक मण्डलले प्रतियोगिताका विजयी छानेका थिए ।

लुमन्ति दबूका कोषाध्यक्ष संगीता महर्जनले कार्यक्रममा स्वागत मन्तव्य दिनुभएको थियो भने दबूका सदस्य सुदिप महर्जनले धन्यवाद दिनुभएको थियो । दबूका सचिव पञ्चलाल महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतियोगितामा अर्चना तुलाधर (नेभाकेवि), विश्व शाक्य (पासंक्या), गंगा सिं (नेभाकेवि), जूना शाही (नेभाकेवि), लुना चित्रकार (रराक्या), मिनर्वा शर्मा राजोपाध्याय (नेभाकेवि), निर्मला डंगोल सिंह (नेभाकेवि), राधेश्याम महर्जन (नेभाकेवि), राजेश महर्जन (नेभाकेवि), राजेश महर्जन (नेभाकेवि), रमिलादेवी श्रेष्ठ (नेभाकेवि), रीना शाक्य (नेभाकेवि), रेखा राजोपाध्याय (नेभाकेवि), रोजिना महर्जन (नेभाकेवि), रुपा शाही (रराक्या), श्रीकृष्ण महर्जन (नेभाकेवि), सृस्ना कंसाकार (नेभाकेवि), यादवप्रसाद रंजित (नेभाकेवि), रामकुमारी रुबी श्रेष्ठ  (नेभाकेवि) र ज्ञानकुमारी महर्जन (नेभाकेवि) सहभागी भएका थिए ।

 

Categorized in साहित्य-कला