STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०८० बैशाख ४, सोमबार

    कोरोनाबाट फेरि १ को मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

      काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो । १ हजार ६ सय ३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो । पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा...

  • २०८० बैशाख ३, आइतबार

    वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम

    काठमाडौं– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन...

  • २०७९ चैत्र २८, मंगलबार

    २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । २४ घण्टाको अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन...

  • २०७९ चैत्र २०, सोमबार

    थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ -पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार १ सय ५१ जनामा नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । थप २४ घण्टामा कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएको पनि...

  • २०७९ चैत्र १३, सोमबार

    कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, एकै दिन ६९ जनामा सङ्क्रमण

    काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा...

  • २०७९ चैत्र ९, बिहिबार

    कोरोना सङ्क्रमण फेरि ह्वात्तै बढ्याे, एकै दिन १७ जनामा सङ्क्रमण

    काठमाडौं  - नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । सक्रिय सङ्क्रमित पनि...

  • २०७९ चैत्र १, बुधबार

    आज पहाडी स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं -  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले...

  • २०७९ फाल्गुण १४, आइतबार

    काठमाडाैं उपत्यकामा वर्षा

    काठमाडौं - काठमाडाैं उपत्यकामा कालो बादलसहित पानी पर्न थाल्दा दिउँसै अँध्यारो भएको छ। विहान माैसम घमाइलाे भए पनि दिउँसाे एक्कासी माैसममा बदली भएकाे हाे ।पाेखरामा भने दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो।  लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेकाे छ । तर असिना पानीले गर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्‍याएको छ।  असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२...

  • २०७९ माघ २९, आइतबार

    चिकित्सकहरुको सरकारसँग ६ बुँदे सहमति

    काठमाडौं - सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा चिकित्सक कुटिएको घटनाको...

  • २०७९ माघ ८, आइतबार

    सोमबारदेखि देशभर वर्षा हुने

    काठमाडौं - मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौंलगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो...

  • २०७९ माघ ६, शुक्रबार

    प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले गरे अङ्गदान गर्ने घाेषणा

    काठमाडाैँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । सो अवसरमा...

  • २०७९ पौष २३, शनिबार

    कोरोनाबाट एक जनाको निधन

    काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Pages