STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विज्ञान-प्रविधि

  • २०८० भाद्र १३, बुधबार

    चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ : इसरो

    एजेन्सी - भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ। गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको दक्षिणी ध्रुवमा अनुसन्धानका लागि चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो।  चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता...

  • २०८० भाद्र ६, बुधबार

    चन्द्रमामा भारतको सफलता, चन्द्रयान–३ को सफल अवतरण

    एजेन्सी – भारतले पठाएको चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको हो । योसँगै भारत चन्द्रमामा सफ्ट ल्यान्डिङु गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । यसअघि भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत...

  • २०८० श्रावण २८, आइतबार

    अविरल वर्षाले हवाई उडान प्रभावित

    गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् ।     विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर...

  • २०८० श्रावण २४, बुधबार

    भारी वर्षाको सम्भावना

    नेपालमा मनसुनी वायुको प्रभावका साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले बदली र वर्षाको सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा...

  • २०८० श्रावण १७, बुधबार

    सूचना प्रविधि क्षेत्रमा नयाँ पुस्ताको रहरलाग्दो आकर्षण

    नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि । केही दिनअघिमात्रै इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज ९आइआइडिएस०ले सार्वजनिक गरेको एक प्रतिवेदनको नतिजाले यो तथ्य अझ बलशालीरूपमा पुष्टि भएको छ । सो प्रतिवेदनअनुुसार नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा...

  • २०८० बैशाख ८, शुक्रबार

    एलन मस्कको बहुचर्चित अन्तरिक्ष यान उडेको केही मिनेटमै विस्फोट

    एजेन्सी - अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको बहुचर्चित नयाँ अन्तरिक्ष यान स्टारशिप विस्फोट भएको छ । अहिलेसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको पूर्वी तटमा रहेको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विस्फोट भएको हो । सामाजिक सञ्जाल ट्विटरका मालिक समेत रहेको मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटभित्रै विस्फोट भएको हो ।...

  • २०७९ माघ २१, शनिबार

    बृहस्पतिका थप १२ वटा चन्द्रमा पत्ता लगाइयाे

    एजेन्सी - खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ...

  • २०७९ माघ २०, शुक्रबार

    ‘नेपाली गर्ल’ एप : क्लिक गर्दा बैंकबाट पैसा गायब

      काठमाडौं - प्रहरीले ‘नेपाली गर्ल’ नामको एप प्रयोग गरेर लाखौं रकम ठगी गर्ने ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन आयोजना गरी एप बनाएर विभिन्न व्यक्तिको बैंक खाता ह्याक गरी ५० लाखभन्दा बढी ठगी गर्ने ८ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको...

  • २०७९ माघ ४, बुधबार

    मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने

    काठमाडौं - नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ । टेलिकमले आज विज्ञप्ति जारी गरी...

  • २०७९ कार्तिक १६, बुधबार

    ट्वीटरमा भेरिफाइड मार्क पाउन मासिक आठ डलर तिर्नुपर्ने

    काठमाडौं - सामाजिक सञ्जाल ट्वीटरको अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ । ट्वीटरका सीईओ एलन मस्कले अबदेखि मासिक आठ डलर तिरेपछि मात्रै निलो रंगकाे टिक मार्क चिह्न पाइने घाेषणा गरेका छन् ।   उनले यसअघि अकाउन्ट भेरिफाइड भएको निलो चिह्नका लागि २० डलरको प्रस्ताव गरेकोमा फरक–फरक देशको फरक फरक क्रयशक्ति भएका कारण क्रयशक्ति क्षमता अनुसार...

  • २०७९ भाद्र ३१, शुक्रबार

    आजदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने

    काठमाडौं - शुक्रबारदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने भएको छ। टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क इ-सिम वितरण गर्न लागेको हो।  इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। ...

  • २०७९ आषाढ २९, बुधबार

    ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

    एजेन्सी - अमेरिकाले ब्रह्माण्डको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसमा आयोजित एक समारोहकाबीच तस्वीर सार्वजनिक गरेका हुन् । तस्वीर सार्वजनिक गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरूको क्षमता भन्दा बाहिर केही पनि कुरा नरहेको बताए । 'यी तस्वीरहरूले संसारलाई अमेरिकाले ठूला कामहरू गर्न सक्छ भनेर प्रमाणित गरेकाे छ । हाम्रो...

Pages