STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७५ फाल्गुण २६, आइतबार

    नेकपा विप्लवको घोषणा : फागुन ३० गते नेपालबन्द !

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आउँदो फागुन ३० गते नेपालबन्द घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति सार्वजनिक गरी आफ्नो पार्टी नेता कार्यकर्ता गिरफ्तारी, झूठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलवस्तु र कालिकोट लगायत अन्य जिल्लामा भएको अप्रेशनको विरुद्ध फागुन ३० गते बिहिबार आमहड्तालसंगै नेपालबन्दको आह्वान गरेको छ...

  • २०७५ फाल्गुण २५, शनिबार

    ‘एक्काइसौँ शताब्दीअनुसारको विकास खाँचो छ !’ –प्रधानमन्त्री ओली

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अब हरेक घरलाई एक्काइसौँ शताब्दीको दृष्टिअनुसार विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । रौतहट जिल्लाको गरूडामा शनिबार नेकपाद्वारा आयोजित प्रदेश नं २ स्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले हरेक घरलाई एक्काइसौँ दृष्टिले विकास गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को गन्तव्य निहित गराइने बताउनुभयो । तराई मधेशको विकास गर्न सरकारले...

  • २०७५ फाल्गुण २४, शुक्रबार

    सीके राउतसंग सरकारले गर्यो ११ बुँदे सहमति

    सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसंग सरकारले ११ बुँदे सहमति गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीनता...

  • २०७५ फाल्गुण २३, बिहिबार

    नेकपा विप्लवका नेता रोका माथि गोली प्रहार, एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद

    कपिलबस्तु , प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको छ । आज बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको प्रहरीले जनाएको छ । प्रहरीको गोली खुट्टामा लागे पछि उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले विप्लव समूहका नेता...

  • २०७५ फाल्गुण २३, बिहिबार

    शिक्षकको आन्दोलन फिर्ता

    सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र ( इसिडी ) का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो । सहमतिपछि नेपाल राहत शिक्षक...

  • २०७५ फाल्गुण २३, बिहिबार

    सीके राउतलाई थुनामुक्त गर्न आदेश

    राज्य विप्लवको मुद्दा खेपिरहेका सीके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले साधारण तारेखमा रिहा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । जिल्ला अदालत रौतहटले राउतलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो थियो उच्च अदालतले त्यसलाई सदर गरेको थियो । तर, निवेदकविरुद्ध किटानी जाहेरी नपरेको...

  • २०७५ फाल्गुण २२, बुधबार

    प्रधानमन्त्री ओली नियमित चेकजाँचका लागि अस्पतालमा

    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि महाराजगञ्ज त्रिवि शिक्षण अस्पतालको मानमोहन कार्डिओथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । उनी बुधबार बिहान अस्पताल गएका हुन् । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुपर्ने भएपनि समय नमिलेकाले अस्पताल गएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । उनले भने, अस्पताल भर्ना...

  • २०७५ फाल्गुण २२, बुधबार

    टीकापुर प्रकरणः रेशम चौधरीलाई जन्मकैद, लक्ष्मण थारु रिहा

    कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । थरुहट÷थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो । जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको...

  • २०७५ फाल्गुण २१, मंगलबार

    सङ्घीय समाजवादी नेवाः संघको पुनर्गठन

    सङ्घीय समाजवादी नेवाः संघ मूल समितिको बार्षिक सम्मेलन सहित पुनर्गठन कार्यक्रम हिजोृ सम्पन्न भएको छ । बार्षिक सम्मेलन लगतै उक प्रेस विज्ञप्ति प्रकाशित गदैू काठमाडौं ठमेल स्थित लिच्छविकालिन नेवाः बौद्ध समुदायको ऐतिहासिक सम्पदा कमलपोखरी अतिक्रमण गरेर छाँयादेवी कम्प्लेस प्रा.लि.द्वारा कंक्रिटको भवन निर्माण गरेकोले सो कम्प्लेस भत्काई कमलपोखरी पुनःस्थापित गर्नु पर्दछ भन्ने विषयमा हाल स्थानीय लगायत...

  • २०७५ फाल्गुण १९, आइतबार

    ज्येष्ठ नागरिक भत्ताका अभियन्ता भरतमोहन अधिकारी रहेनन्

    ८२ वर्षको उमेरमा फागुन १८ गते शनिबार पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारी तीनै हुन्, जसले ०५२ सालमा पहिलो कम्युनिस्ट सरकार हुँदा ज्येष्ठलाई भत्ता दिन सुरु गरेका थिए । त्यसबेला १०० रुपैयाँबाट सुरु भएको थियो । बि.सं. २०५१ मंसिर १४ गते तत्कालीन एमाले नेता मनमोहन अधिकारीको नेतत्वमा अल्पमतको सरकार बनेको थियो । अधिकारी प्रधानमन्त्री बनेको भोलिपल्ट भरतमोहन अर्थमन्त्री...

  • २०७५ फाल्गुण १७, शुक्रबार

    जनमत सङ्ग्रहमार्फत नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छः महामन्त्री कोइराला

    नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताउनुभएको छ । गुल्मीको मुसिकोट नगरपालिका–७ स्थित महेन्द्र आदर्श माविको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौँ दिनको कार्यक्रमको उद्घाटन गर्दै डा कोइरालाले सनातन वैदिक धर्मको भूमि भएकाले नेपाल धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो...

  • २०७५ फाल्गुण १५, बुधबार

    क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन अब जनपत्रकार संगठन,नेपाल

    नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तन गरेर जनपत्रकार संगठन,नेपाल नामाकरण गरेको छ । संगठनले मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर संगठनको नाम परिवर्तन गरिएको जानकारी दिएको दिदै गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णय अनुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।...

Pages