STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाकाे नयाँ न्यूज पाेर्टल ebukhan.com आरम्भ

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण ६, आइतबार

कन्फराक्टीभ मिडिया सोलुसनको कन्फराक्टीभ हलको उद्घाटनको साथमा नेपालभाषाको न्यूज पोर्टल www.ebukhan.com को एक कार्यक्रम बीच शुभारम्भ गरिएको छ ।

प्रमूख अतिथी बागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै बागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्बन्धि विधेयक पारित भइसकेको र अब चाँडै कार्यान्वयनमा आउने बताएका हुन् ।

अब स्थानीय नेपालभाषा प्रदेशको कामकाजी भाषा बन्ने अवस्थामा नेपालभाषाका संचारमाध्यमहरुले पनि व्यावसायिक रुपमा अघि बढ्न स्पष्ट योजना बनाउन उनले आग्रह गरे ।

कार्यक्रममा कन्फराक्टीभ मिडिया सोलुसनका अध्यक्ष बिराजकाजी राजोपाध्यायले स्थानीय विषयवस्तुको उठान र नयाँ खोजीका लागि कन्फराक्टीभ हललाई सम्वाद र अन्तरक्रियाको थलोको रुपमा विकास गर्ने बताए ।

विगत वर्षदेखि सन्चालनमा रहेको नेपाली न्यूज पोर्टल समाचारडेस्कको पनि प्राथमिकता स्थानीय विषयवस्तु नै थियो, अब ईबुखँले स्थानीय विषय स्थानीय भाषामै सम्प्रेषण गर्छ । यी दुई डिजिटल डबलीको साथै कन्फराक्टीभ हल भौतिक रुपमा भेला भई स्थानीय विषयवस्तुमाथि सम्वाद, अन्तरक्रियाको लागि प्रयोग गरिनेछ’ राजोपाध्यायले भने ।

ईबुखँका सम्पादक विशाल राजभण्डारीले स्थानीय मुद्दा, विषयवस्तुलाई सशक्त ढङ्गले सम्प्रेषण गर्न स्थानीय समाजको सक्रिय सहयोगको लागि आग्रह गरे ।

कन्फराक्टीभ मिडिया सोलुसनले विगत ६ वर्षदेखि नेपाली न्यूज पोर्टल समाचारडेस्क संचालन गर्दै आएको छ, जसमा बिराजकाजी राजोपाध्याय सम्पादक छन् ।

अहिले नेपालभाषाको न्यूज पोर्टल ebukhan.com संचालन गरेको छ । यस न्यूज पोर्टलमा बिशाल राजभण्डारी सम्पादक छन् ।

कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार, संचारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभियानकर्मी, समाजसेवी लगायतको उपस्थिती थियो ।

Categorized in विज्ञान-प्रविधि