STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

घट्यो डिजेल र मट्टीतेलको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।

निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ।

मूल्यवृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर डिजेल–मट्टितेलको मूल्य १५६ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर डिजेलको मूल्य १५८ र तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५९ रुपैयाँ पुगेको छ।

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ।

Categorized in बिजनेस