STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १४, सोमबार

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। उनको आइतबार ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले बताए।   

धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै चर्चित छन्।

तर, २०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।

Categorized in व्यक्तित्व