STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विचार

  • २०७६ माघ २९, बुधबार

    सकसमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

    निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो । श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन मुद्दामा कैद सजाय काटिरहेका छन् । छुट्टाछुट्टै कोठामा बसेका तिनीहरुलाई एकापसमा भेट्ने साइत जुराइदिएको छ, वीरगञ्ज कारागार व्यवस्थापन पक्षले । उनीहरुले जब एकापसमा भेटे तब उनीहरु अघिल्लो दिनलाई सम्झे र...

  • २०७६ माघ २४, शुक्रबार

    सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान

    ललितपुर सुनाकोठीकी समता महर्जन दैनिक सार्वजनिक यातायातबाट ओहोरदोहोर गर्नुहुन्छ । कलेज जाँदा र कार्यालय जाँदा सार्वजनिक यातायातमा तोकिएको भाडादरभन्दा बढी भाडा तिर्नुपरेको उहाँको अनुभव छ । सरकारले न्यूनतम भाडादर रु १४ तोकेको भए पनि उहाँ त्योभन्दा कम दूरी यात्रा गर्दा रु १५ तिर्ने गर्नुभएको छ । सहचालकलाई ‘किन बढी भाडा लिएको’ भनेर सोध्दा भाडा तिर्न नसके किन बस चढेको भन्दै विवाद गर्ने गरेको उहाँले...

  • २०७६ माघ १९, आइतबार

    लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै विद्यार्थी

    विद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग मिलेनियम ट्रेक अन्तर्गत स्याङ्जाको राङ्भाङ र आसपासका विद्यार्थी यतिखेर लाटोकोसेरोका विविध पक्ष सुनेका मात्रै छैनन्, ती विषयलाई बुझेर कथा, निबन्ध आदिमा उतारेका पनि छन् । लाटोकोसेरोको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीसहित मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङ्भाङ युवा क्लबको...

  • २०७६ माघ १४, मंगलबार

    जीवन धान्न गिट्टीको सहारा

    माघको चिसो, सडकको छेउमा एकाबिहानै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ छेपारेस्थित ६५ वर्षीय पुतली परियार गिट्टी कुट्दै भेटिनुहुन्छ । उमेर जति बुढो भए पनि उहाँका कर्मशील हात भने गिट्टीमा कुदिरहेका छन् । गिट्टी कुटेर दैनिक रु छ हजारभन्दा बढी कमाउने गरेको उहाँको भनाइ छ । छोराछोरीले पालनपोषण गर्ने उमेरमा उहाँलाई गिट्टी कुट्न रहर नभई बाध्यता रहेको छ । दर्जन बढी परिवारको सङ्ख्य भएकी पुतली अहिले बाँच्नका...

  • २०७६ माघ १३, सोमबार

    विपद्मा जगन ः आइएफआरसीको सर्वोच्च पद ‘महासचिव’ सम्हाल्ने पहिलो नेपाली

    ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ ।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भन्नुभयो, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।” हँसिलो स्वाभाव छ– उहाँको । कपाल सेतो हुन बाँकी छैन । शरीर खाइलाग्दो छ । हेर्दा लाग्छ– उहाँ भर्खरको तन्नेरी हुनुहुन्छ । उहाँमा रहेको अथाह विद्वताले नयाँ इतिहास रचना मात्र गरिदिएको छैन, वीर मात्र होइनन् नेपाली ‘बौद्धिक’ हुन भन्ने सन्देश विश्वलाई प्रवाह गरिदिएको छ...

  • २०७६ माघ १०, शुक्रबार

    सिङ्गो परिवार मूर्ति बनाउन व्यस्त

    बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोबाट बच्न चोकचोकमा भेला भएका केही मानिसहरू आगो तापेर बसेका छन् । हुस्सु र शीतसँगै चल्ने पश्चिमी चिसो हावाका कारण स्थानीय बासिन्दाको दैनिकी पनि सुस्त छ । ग्रामीण भेगबाट मजदूरी गर्न राजविराज आउनेको सङ्ख्यामा एक महीनायता कमी आएको छ । ठिक यसै बेला सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपाका ६५ वर्षीय कुशेश्वर मण्डल र उनको परिवार एकाबिहानै आठ किलोमिटरको दूरी तय...

  • २०७६ माघ ७, मंगलबार

    बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि

    तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ  उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ रु उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ  यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् । चार वर्ष पुगेपछि आफ्नो सामानका...

  • २०७६ माघ ६, सोमबार

    जीवन जिउन वृद्धको दाम्लो सहारा

    पुस माघको कठ्याङ्ग्रिदो जाडो । त्यसमाथि बाक्लो हुस्से, उस्तै चलेको छ सिरेटो । शीतलहरका कारण लपक्कै भिजेको छ सबैतिर । यस्तो अवस्थामा घरभित्र सुरक्षित वस्तु, न्यानो कपडा लगाउन, आगो ताप्न, तातो खानेकुरा खान कसलाई मन हँदैन र रु तर लुगलुग काम्दै बिहान झिसमिसेदेखि नै सडकपेटीमा दाम्लो बाट्न निस्कनु पर्ने बाध्यता छ ८५ वर्षीय वृद्ध लक्ष्मीप्रसाद दाहाललाई । कनकाई नगरपालिकाको दुर्गापुरमा डेरा गरी बस्तै...

  • २०७६ माघ ५, आइतबार

    पुग्दैछ बाटो प्रधानमन्त्री ओलीको जन्मघरसम्म

    धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक÷सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि अघि बढेको छ । बसाइँसराइले उजाडिएका आठराई उजिल्याउन चुहानडाँडामा विमानस्थल निर्माणको प्रकृया अघि बढेको छ । यही आठराई गाउँपालिकाको छातेढुङ्गाबाट मध्यपहाडी...

  • २०७६ माघ २, बिहिबार

    पुड्केको जुक्ति।

    अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किन्नुभएको पुड्के गोरुको नाम प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल ग¥यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गर्नुभएको थियो । लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गर्नुभयो । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पु¥याउन नसकेर बेचेपनि पुड्केलाई पुनः...

  • २०७६ माघ १, बुधबार

    हर साल आउँछ माघी।

    थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको बेलौरी, पुर्नबास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्तनगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम भइरहेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका उपप्रमुख चित्राकुमारी चौधरीले बेलौरी क्षेत्रका थारू बस्तीमा माघीको रौनक बढेको बताउनुभयो । “केही...

  • २०७६ पौष २९, मंगलबार

    धुमलिएर सेतो दरबार उजाड

    कुनै दिन गलकोट दरबार बिरुप भए अचम्म नमान्दा हुन्छ । इतिहासको साक्षी दरबारको सौन्दर्य विस्तारै नासिँदैछ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले आफ्नै अस्तित्व सङ्कटबाट गुज्रेको छ । उबेलाको सेतो दरबार धुमलिएर उजाड छ । प्रवेशद्वारबाटै दरबारको दुर्दशा शुरु हुन्छ । पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार छिर्दा अवस्था झनै छर्लङ्ग हुन्छ । संरक्षणविहीनताको अवस्थामा पुगेको...

Pages