STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विचार

  • २०७६ मङ्सिर ३, मंगलबार

    भगवानलाई पनि चोरीकै डर

    भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ  तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु...

  • २०७६ कार्तिक २९, शुक्रबार

    यस्तो बन्नसक्छ हाम्रो न्यूरोड

    काठमाडौं पैदलै पैदल संसारको हरेक सहर बिग्रन्छ, फेरि सप्रन्छ। काठमाडौं सप्रने र झन् बिग्रने दोसाँधमा छ। हामीले यहाँका मौलिक सम्पदा र संस्कृति जोगायौं भने यो सहर फेरि भर्भराउँदो हुनसक्छ। संसारकै उदाहरणीय ‘सम्पदा सहर’ बन्नसक्छ। नभए, अव्यवस्थित सहरीकरण र बढ्दो जनघनत्वले ढिलो–चाँडो काठमाडौंलाई गर्विलो इतिहास भएको ‘मृत’ सहर बन्नबाट कसैले रोक्न सक्दैन। संसारभरि विभिन्न सहरमा भएका अध्ययन र अनुभव हेर्दा...

  • २०७६ कार्तिक २६, मंगलबार

    उठ्ला त साँखुको साख

    भूकम्प गएको चार वर्ष बितिसक्दा पनि प्राचीन वस्ती साँखुको अवस्था उस्तै छ । प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साँखु शहरको आशा गरे अनुसार पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले ढलेको यहाँको प्राचीन बस्ती र सम्पदाले पूर्णता पाउन अझै कति वर्ष पर्खनुपर्ने हो त्यसको टुङ्गो छैन । विसं २०७२ को भूकम्पबाट साँखु बजारका मौलिकशैलीका धेरै घर र सम्पदा क्षतिग्रस्त भएका थिए । लिच्छवीकालीन इतिहास...

  • २०७६ कार्तिक २२, शुक्रबार

    कारकाँदोमा ‘घण्टाघर’, प्रगति शून्य

    राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाएका थिए । त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पड्काएर १२ बजेको जनाउ दिने चलन पनि त्यही बेला शुरु भएको थियो । त्यतिबेला समय सूचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पड्काउन चलनले ०५२ सालसम्म निरन्तरता पाएको थियो । लामो कालखण्ड त्यतिबेलाका नागरिकले घण्टाघरको...

  • २०७६ कार्तिक २२, शुक्रबार

    आखिर शंखधर पनि देउटै भएछ !

    नेपालको मौलिक संवत् नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः ११४० वर्ष अगाडि ताकाका एक सर्वसाधारण नेपाली नागरिक थिए । उहाँले त्यसताका जनताको ऋणमोचन गरेर नेपाल संवत् चलाएको भन्ने इतिहास छ । मल्लकालमा त यो नेपाल संवत् राष्ट्रिय संवतकै रुपमा प्रचलित थियो । जब गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा उपत्यकाका बाइसे चौविसे राज्य आफ्नो कब्जामा लिइसकेपछि उपत्यकाका आदिवासी जनजातिहरुलाई कुकुर...

  • २०७६ कार्तिक १९, मंगलबार

    पत्रकारितामा महिलालाई पारिश्रमिक कम र जोखिम बढी

    बेलुकाको तरकारी बाँकी राखेर बिहान हतार–हतार खाना खाएर कार्यालय पुग्दा कार्यक्रम तयार पार्न ढिलो भइसकेको हुन्छ । उहाँले चाहेर ढिलो भएको होइन, आफ्नो साधन छैन, सधँै रिक्सा चढ्न तलबले धान्दैन । उसो त उहाँले बाटोमा एउटै सञ्चारगृहमा काम गर्ने अग्रज सञ्चारकर्मी दाजु कोठाबाट निस्कने बित्तिकै भेट्नुभएको थियो । दाजुले सँगै जाऔँ नभन्नुभएको पनि होइन तर उहाँलाई आजभोली कसैको मोटरसाइकल र गाडीमा चढेर कार्यालय वा...

  • २०७६ कार्तिक १४, बिहिबार

    परम्परागत संस्कृति र पहिरन हराउँदै

    जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेका छन् । संरक्षण अभावमा झोडा, देउडा, रत्यौली, मागल, धारु, छैंटी, आरती, हुडे नाच, बालो चम्फा नाचलगायत मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएका छन । कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै गएको कनकासुन्दरी गाउँपालिका जुम्लाकी उपाध्यक्ष उर्मिला भण्डारी खत्रीले बताउनुभयो । पश्चिमेली संस्कृति...

  • २०७६ कार्तिक १०, आइतबार

    हराउँदै गयो तिहारको मौलिकता

    चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्ता आयातीत संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका...

  • २०७६ कार्तिक ८, शुक्रबार

    तिहार विशेष ः पशुपक्षीलाई एक दिनको पूजा र माला

    नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक तिहार शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् । “यो सब देखावटी नाटक झैँ लाग्छ, एक दिन...

  • २०७६ कार्तिक ७, बिहिबार

    अरुणाको अनुभव ः ‘विकेन भनेर हार खायो भने त सिर्जना म¥यो नि’

    नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री पुरस्कार पाउने नेपाली कला क्षेत्रको पहिलोे कलाकार अरुणा यतीखेर कुचीले ल्याण्डस्केपमा थरीथरी रङ भर्दै हुनुहुन्छ । नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० ले उहाँलाई व्यस्तता बनाएको छ । चित्रकलामार्फत प्रचारप्रसार गर्ने उहाँले एकल प्रयास गरिरहनुभएको छ । “...

  • २०७६ कार्तिक ६, बुधबार

    अब भोकै बस्नु पर्दैन।

    सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने उहाँको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक स्वीटर कारखानामा काम गर्थे । जन्म दिएको छोराले नै रिस गरेपछि सहेर बस्न उहाँको मनले मानेन । “पहिले उपचार गर्न भन्दै...

  • २०७६ कार्तिक २, शनिबार

    ‘पहिले पानी अनि भोट’

    छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको हुनुभयो । उहाँले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो । प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए । नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ ।...

Pages