STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विचार

  • २०७६ मङ्सिर २९, आइतबार

    अपाङ्गता समाजका काँडा होइन ः कानूनमन्त्री भण्डारी

    कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिनुभयो...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    घाँस बेचेर शौच

    नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारन टोल । साँघुरो गल्लीभित्र एकै लाइनमा २४ घर छन् । घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको छ । घाँस बेच्नु उनीहरूको पुख्र्यौली पेसा हो । घसियारन समुदायका नागरिक शहरका निर्धनमा पर्छन् । उनीहरु शहर आसपास र टाढाटाढा घाँस काट्न जान्छन् । घाँस बेचेर नै रोजीरोटी चलाउने यी समुदायका मानिस घरमा नभएकाले सार्वजनिक शौचालयमा शौच गर्न जान्छन् । टोलका...

  • २०७६ मङ्सिर २३, सोमबार

    के छैन रामपुरमा

    “यहाँ प्रफुल्ल बनेर राम र सीता नृत्य गर्दा उनीहरूका पैतालामा धुलीसात बन्दा, उनीहरू बास बस्दै जाँदा पैदा भए छन् केलादी घाट र सीता कुण्डहरू ।” प्रस्तुत कवितांश युवा कवि लालमणि पोखरेलले पाल्पा रामपुरको तालपोखरामा आयोजित १७२ औँ अक्षरयात्रामा वाचन गर्नुभएको हो । प्रत्येक महिनाको तेस्रो शनिबार ठाउँ÷ठाउँमा पुगी पोखरेली साहित्यकारले साहित्य सिर्जनाका माध्यमबाट जीवन र जगत्का यथार्थतालाई खोतल्ने क्रममा...

  • २०७६ मङ्सिर २१, शनिबार

    आमा यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् ।

    प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् । कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् । पुतलीसँगको विगतका अन्तरङ्ग अनि आमाले घरबाट निकालेका...

  • २०७६ मङ्सिर १७, मंगलबार

    लागू भएन अपाङ्गता अधिकार

    काठमाडौँ, १७ मङ्सिर  सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हक सुनिश्चित गर्ने प्रतिवद्धतासहित अपाङ्ता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ल्याएको दुई वर्ष भयो तर, उनीहरुको अवस्थामा खासै सुधार आएको छैन । अपाङ्ता भएका व्यक्तिहरूको शिक्षाका लागि समावेशी शिक्षा नीति २०७३ जारी गरिएको छ । सार्वजनिक संरचना, सेवा प्रणाली, यातायात सेवा र सूचना तथा सञ्चार सेवा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त...

  • २०७६ मङ्सिर १५, आइतबार

    प्रकृतिकी रानी पाल्पा

    धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पहिचानले भरिएको पाल्पामा पर्यटकको आकर्षण देखिन थालेको छ । थुप्रै सांस्कृतिक पहिचान बोेकेको पाल्पामा केही प्राकृतिक तथा केही कृत्रिम ढङ्गले निर्माण गरिएका संरचन र स्थलहरुले यहाँ घुम्न आउने मानिसलाई लोभ्याउने गर्छ । तराई क्षेत्रसँग सिधा सम्पर्कमा रहेको पाल्पा नेपालकै महत्वपूर्ण पर्यटकीयस्थल पोखरा पुग्ने पर्यटकका लागि सङ्गमस्थलका रूपमा समेत परिचित छ । प्रदेश...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    रेल चढेर विवाहपञ्चमी मेला हेर्न जाने महोत्तरीवासी को रहर अधुरै

    विवाहपञ्चमी महोत्सवको कुरा उप्कना साथ महोत्तरीको भङ्गाहा नगरपालिका–४ की पानोवती थरुनी रेल चढ्ने कुरा सम्झनुहुन्छ । जनकपुरधाममा विवाहपञ्चमी मेला उत्सव हेर्न जीवनमा कैयौँ पटक रेल चढेर गएको सम्झना ताजै राख्नुभएकी ६० वर्षीया पानोवती २०५८ सालयता भने विवाहपञ्चमी मेला हेर्न जनकपुर जानुभएको छैन । विसं २०५८ को बाढीले आफ्नै बस्ती नजिकको विजलपुरा स्टेशनबाट जनकपुर जाने रेल मार्गमा पर्ने बिग्ही नदीको पुल...

  • २०७६ मङ्सिर ८, आइतबार

    गए डोकामा पानी बोक्ने दुःख

    तनहुँको ऋषिङ गाउँपालिका–१ गैह्राखुदीका ६६ वर्षीया खगीमाया आले झिसमिसे उज्यालो हुन नपाउँदै डोको बोकेर खानेपानीको व्यवस्था गर्न घरबाट निस्कनुपथ्र्यो । गाउँमा खानेपानीको चरम अभावसँगै आलेलाई खानेपानीको जोहो गर्न निकै कठिन थियो । “उठ्न नपाउँदै कसरी खानेपानी व्यवस्थापन गर्ने भन्ने पीरले साह्रै सताउँथ्यो,” आलेले भन्नुभयो, “घरबाट तीन घण्टा हिँडेर डोकोमा पानी बोक्नुपर्ने दुःख शब्दमा बयान गर्न सक्दिन ।” तर...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    विद्यार्थीको रुचि मातृभाषामा

    राहा राहा भापीलाप सारटाक राहा लऊ २ सारभीटीरी लेच जापच मीडी लऊ । कुडीक सेह्च मीखारले रगई रङ्ग भरडीसच २ वसकाट सार डासम आसकाट साराङ आनच । यो कक्षा २ मगर ढुट पुस्तकको पहिलो भागको भापीलाप कविता हो । यो मगर समुदायको चलनचल्तीमा रहेको पाङ भाषा हो । शिक्षिका मना थापा मगरले भापीलाप कवितालाई नेपाली भाषामा अनुवाद गरी विद्यार्थीलाई सुनाउनुभयो ः आयो आयो पुतली फुलमाथि आयो २ फुलभित्र भएको गुलियो रस चुस्यो । कति...

  • २०७६ मङ्सिर ५, बिहिबार

    नयाँ पुस्तमा साधना छैन ः कलाकार क्षेत्रलाल

    आँखी भौँसमेत सेतै भएर फुलेका पोखरा महानगरपालिका–¬३ तेर्सापट्टीका ७६ वर्षीय चित्रकार क्षेत्रलाल कायस्थमा प्रकृति र सिर्जना भनेपछि तरुण जोश उम्लिन्छ । बाल्यकालदेखि नै कलामा समर्पित कला साधनाबाट सार्थक जीवन जिउने मुर्धन्य व्यक्ति कायस्थ स्वदेश र विदेशमा गरी १३ पटक एकल चित्रकला प्रदर्शनी गरिसक्नुभयो । आफ्नो उमेरसँग मिलाउँदै समुद्रतटदेखि हिमालपारिसम्मका ७६ चित्र समेटेर हालै काठमाडौँमा एकल कला...

  • २०७६ मङ्सिर ३, मंगलबार

    भगवानलाई पनि चोरीकै डर

    भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ  तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ । डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा भगवान नै चोरी हुने भएपछि स्थानीयवासीले घरमा ल्याएर सुरक्षा गर्न बाध्य भएका छन् । धोस्थित झ्याम्पा गुम्बा, सेरिङ गुम्बा, मेकिङ च्याङचु...

  • २०७६ कार्तिक २९, शुक्रबार

    यस्तो बन्नसक्छ हाम्रो न्यूरोड

    काठमाडौं पैदलै पैदल संसारको हरेक सहर बिग्रन्छ, फेरि सप्रन्छ। काठमाडौं सप्रने र झन् बिग्रने दोसाँधमा छ। हामीले यहाँका मौलिक सम्पदा र संस्कृति जोगायौं भने यो सहर फेरि भर्भराउँदो हुनसक्छ। संसारकै उदाहरणीय ‘सम्पदा सहर’ बन्नसक्छ। नभए, अव्यवस्थित सहरीकरण र बढ्दो जनघनत्वले ढिलो–चाँडो काठमाडौंलाई गर्विलो इतिहास भएको ‘मृत’ सहर बन्नबाट कसैले रोक्न सक्दैन। संसारभरि विभिन्न सहरमा भएका अध्ययन र अनुभव हेर्दा...

Pages