
विचार
-
२०७७ श्रावण १४, बुधबार
सम्पदा पुनर्निर्माणले फेरिँदै मध्यपुरथिमिको मुहार
रमेश गिरी पुरानो सम्पदाले भरिएको नेवार बस्ती हो भक्तपुर । ऐतिहासिक पोखरी, मठमन्दिर, फल्चा (पाटी), पोखरी, ईनार, ढुङ्गेधारा, नाच, ऐतिहासिक जात्रा पर्व, परम्परागत माटोको भाडा बनाउने कला र संस्कृति मध्यपुरथिमि नगरपालिकाको पहिचान हो । केही वर्षयता पोखरी पुरिँदै थिए, इनार सुक्दै थिए, मठ, मन्दिर, फल्चा, लायकु दरबार जीर्ण बनेर ढल्ने अवस्थामा पुगेका थिए । त्यहीबेला पाँच वर्षअघि नेपालमा ठूलो भूकम्प...
-
२०७७ श्रावण १२, सोमबार
त्यसबखतको नेपालमण्डल
[caption id="attachment_36664" align="alignleft" width="137"] लेखक : मल्ल के. सुन्दर[/caption] नगरीय विकास मानवीय सभ्यताको उन्नत अवस्थाको मूर्तरूपमा बुझ्ने गरिन्छ । भूमध्यसागरको मेसोपोटोमिया, ल्याटिन अमेरिकाको माया, युरोपको बेवोलियन, चीनको यांगेत्से, भारतीय महाद्वीपको सिन्धुघाँटी आदि सभ्यतालाई अध्येताले त्यसरी नै व्याख्या गर्ने गरेका छन् । यी सबै सभ्यता इसापूर्व हजारौँ वर्षअगाडि नै विकसित...
-
२०७७ श्रावण ६, मंगलबार
पुष्पलालः नेपाली साम्यवादका सूत्रधार
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । “...
-
२०७७ आषाढ ३१, बुधबार
पर्यटक नआएपछि सुनसान तिलिचो ताल
नवीन लामिछाने विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन् । कहिले यो...
-
२०७७ आषाढ २९, सोमबार
वैदेशिक सहायतालाई पारदर्शी र प्रभावकारी कसरी बनाउने ?
शरच्चन्द्र भण्डारी उच्च तथा दिगो आर्थिक वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई टेवा दिन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त राष्ट्रमा स्तरोन्नति हुन वैदेशिक सहायता नेपालका निम्ति अपरिहार्य भएको छ । “आगामी आर्थिक वर्ष वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड र रु २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋणबाट जुटाइनेछ,” आव २०७७÷७८ को बजेट वक्तव्यमा उल्लेख...
-
२०७७ आषाढ १७, बुधबार
नेकपा : शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा
• प्रकाश सिलवाल “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान...
-
२०७७ आषाढ ७, आइतबार
महामारीको जोखिममा समेत घटेन महिला हिंसा
कालिका खड्का कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा पनि मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन सकेको छैन । बलात्कारजस्ता जघन्य अपराध अझ बढ्दै गएको देखिएको छ । सरकारले कोभिड–१९ को जोखिम कम गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेयता सात वर्षीया बालिकादेखि क्वारेन्टिनमा बसेकी महिलासमेत बलात्कारको शिकार भएका छन् । यस्ता अमानवीय घटना बढ्नुले महामारीजस्तो विपद्मा पनि महिलाहरु झन् आपतमा परेको...
-
२०७७ आषाढ ५, शुक्रबार
कोरोना प्रभाव : सञ्चार गृह र सञ्चारकर्मी दुवै मारमा
प्रकाश सिलवाल काठमाडौँ, असार ४ (रासस) - कोरोना महामारीले समग्र अर्थतन्त्र प्रभावित भएसँगै राष्ट्रियस्तरका ठूला सञ्चार गृह र कार्यरत सञ्चारकर्मी दुवै मारमा पर्न थालेका छन् । ठूला सञ्चार गृहमा समेत पत्रकार तथा कर्मचारीलाई तलब नियमित नदिइएको र बेतलवी बिदा बस्न दबाब दिँदै जनशक्ति कटौती गर्न थालिएको पाइएपछि पत्रकारिता क्षेत्रमा एक प्रकारको मनोवैज्ञानिक त्रास पैदा भएको छ । नियमित विज्ञापन, बिक्री र...
-
२०७७ आषाढ ३, बुधबार
दुईतिहाइ बहुमतको सरकार हल्लाएको असार ४ को त्यो दिन
निश्चल - नेवारहरुको सांस्कृतिक जीवनको आधार नै गुठी व्यवस्था हो । यसमा हुने कुनै पनि प्रहार नेवार समुदायको लागि सह्य हुँदैन । २०७६ असार ४ गते माइतीमण्डलमा देखिएको अपार र अभूतपूर्व जनप्रदर्शनले यही कुरा अभिव्यक्त गरेको छ । यसले नेपालमा शासन गरिरहेको दुईतिहाइको बहुमत रहेको सरकारलाई पनि हल्लाउन बाध्य बनाएको थियो । यसपछिमात्र राष्ट्रिय सभामा पेश भएको गुठी विधयेक २०७५ फिर्ता लिन सरकार बाध्य बनेको हो...
-
२०७७ जेठ ३२, आइतबार
विश्व बालश्रमविरुद्धको दिवस र नेपालमा बालश्रमिकका अवस्था
डा. विजय सैंजू - जून १२, विश्व बालश्रम विरुद्धको दिवस संसारभरि कोरोना भाइरसको महामारीबीच पनि मनाइएको छ । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहे पनि कोरोना महामारीको कारण मनाउन सकिएन । विश्वभरिका बाल श्रमिकहरुलाई हुने शोषण र उत्पीडनविरुद्ध जून १२ लाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले करिब एक दशकअघि नै बालश्रमविरुद्धको दिवस भनी मनाउन सुरु गरेको हो । नेपाल सरकारले पनि आईएसओका...
-
२०७७ जेठ १४, बुधबार
नेपाल–भारतबीचको सीमा–विवाद के हो ? नेपालको सिमाना लिम्पियाधुरासम्मै
निश्चल लिम्पियाधुरा मुहानबाट निस्किएको नदी नै वास्तविक महाकाली नदी हो । यत्ति तथ्य मनन गरी नक्सा पल्टाउँदा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालभित्रै पर्छ । तर लिपुलेकबाट आइरहेको नदीलाई महाकाली नदी मान्ने हो भने त्यसपारीको भूभाग भारत भयो, अनि त्यसको पश्चिममा बग्ने कालापानीको कुरा नै आएन । त्यसकारण लिम्पियाधुरा, कालापानी, लिपुलेकको विवादको चुरो भन्नु नै महाकाली नदी हो । नक्सा सन् १८१६ जनवरी २...
-
२०७७ जेठ ११, आइतबार
भारतीय समाचार च्यानलको बौद्धिक कङ्गालता र पिट्ठू पत्रकार
आनन्दस्वरूप वर्मा हिजोका कुरा हो । टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ – ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरु हुन्छ अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री...