STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विचार

  • २०७७ श्रावण १२, सोमबार

    त्यसबखतको नेपालमण्डल

    [caption id="attachment_36664" align="alignleft" width="137"] लेखक : मल्ल के. सुन्दर[/caption] नगरीय विकास मानवीय सभ्यताको उन्नत अवस्थाको मूर्तरूपमा बुझ्ने गरिन्छ । भूमध्यसागरको मेसोपोटोमिया, ल्याटिन अमेरिकाको माया, युरोपको बेवोलियन, चीनको यांगेत्से, भारतीय महाद्वीपको सिन्धुघाँटी आदि सभ्यतालाई अध्येताले त्यसरी नै व्याख्या गर्ने गरेका छन् । यी सबै सभ्यता इसापूर्व हजारौँ वर्षअगाडि नै विकसित...

  • २०७७ श्रावण ६, मंगलबार

    पुष्पलालः नेपाली साम्यवादका सूत्रधार

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम नगरिएको पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । “...

  • २०७७ आषाढ ३१, बुधबार

    पर्यटक नआएपछि सुनसान तिलिचो ताल

    नवीन लामिछाने विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन् । कहिले यो...

  • २०७७ आषाढ २९, सोमबार

    वैदेशिक सहायतालाई पारदर्शी र प्रभावकारी कसरी बनाउने ?

    शरच्चन्द्र भण्डारी उच्च तथा दिगो आर्थिक वृद्धि गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई टेवा दिन र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त राष्ट्रमा स्तरोन्नति हुन वैदेशिक सहायता नेपालका निम्ति अपरिहार्य भएको छ । “आगामी आर्थिक वर्ष वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड र रु २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋणबाट जुटाइनेछ,” आव २०७७÷७८ को बजेट वक्तव्यमा उल्लेख...

  • २०७७ आषाढ १७, बुधबार

    नेकपा : शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताका पक्षमा

    • प्रकाश सिलवाल “पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमीकमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध गर्दै आन्तरिक एकताका लागि आह्वान...

  • २०७७ आषाढ ७, आइतबार

    महामारीको जोखिममा समेत घटेन महिला हिंसा

    कालिका खड्का कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा पनि मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन सकेको छैन । बलात्कारजस्ता जघन्य अपराध अझ बढ्दै गएको देखिएको छ । सरकारले कोभिड–१९ को जोखिम कम गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेयता सात वर्षीया बालिकादेखि क्वारेन्टिनमा बसेकी महिलासमेत बलात्कारको शिकार भएका छन् । यस्ता अमानवीय घटना बढ्नुले महामारीजस्तो विपद्मा पनि महिलाहरु झन् आपतमा परेको...

  • २०७७ आषाढ ५, शुक्रबार

    कोरोना प्रभाव : सञ्चार गृह र सञ्चारकर्मी दुवै मारमा

    प्रकाश सिलवाल काठमाडौँ, असार ४ (रासस) - कोरोना महामारीले समग्र अर्थतन्त्र प्रभावित भएसँगै राष्ट्रियस्तरका ठूला सञ्चार गृह र कार्यरत सञ्चारकर्मी दुवै मारमा पर्न थालेका छन् । ठूला सञ्चार गृहमा समेत पत्रकार तथा कर्मचारीलाई तलब नियमित नदिइएको र बेतलवी बिदा बस्न दबाब दिँदै जनशक्ति कटौती गर्न थालिएको पाइएपछि पत्रकारिता क्षेत्रमा एक प्रकारको मनोवैज्ञानिक त्रास पैदा भएको छ । नियमित विज्ञापन, बिक्री र...

  • २०७७ आषाढ ३, बुधबार

    दुईतिहाइ बहुमतको सरकार हल्लाएको असार ४ को त्यो दिन

    निश्चल - नेवारहरुको सांस्कृतिक जीवनको आधार नै गुठी व्यवस्था हो । यसमा हुने कुनै पनि प्रहार नेवार समुदायको लागि सह्य हुँदैन । २०७६ असार ४ गते माइतीमण्डलमा देखिएको अपार र अभूतपूर्व जनप्रदर्शनले यही कुरा अभिव्यक्त गरेको छ । यसले नेपालमा शासन गरिरहेको दुईतिहाइको बहुमत रहेको सरकारलाई पनि हल्लाउन बाध्य बनाएको थियो । यसपछिमात्र राष्ट्रिय सभामा पेश भएको गुठी विधयेक २०७५ फिर्ता लिन सरकार बाध्य बनेको हो...

  • २०७७ जेठ ३२, आइतबार

    विश्व बालश्रमविरुद्धको दिवस र नेपालमा बालश्रमिकका अवस्था

    डा. विजय सैंजू - जून १२, विश्व बालश्रम विरुद्धको दिवस संसारभरि कोरोना भाइरसको महामारीबीच पनि मनाइएको छ । नेपालमा पनि यस दिवसमा विभिन्न कार्यक्रम गर्ने योजना रहे पनि कोरोना महामारीको कारण मनाउन सकिएन । विश्वभरिका बाल श्रमिकहरुलाई हुने शोषण र उत्पीडनविरुद्ध जून १२ लाई अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले करिब एक दशकअघि नै बालश्रमविरुद्धको दिवस भनी मनाउन सुरु गरेको हो । नेपाल सरकारले पनि आईएसओका...

  • २०७७ जेठ १४, बुधबार

    नेपाल–भारतबीचको सीमा–विवाद के हो ? नेपालको सिमाना लिम्पियाधुरासम्मै

    निश्चल लिम्पियाधुरा मुहानबाट निस्किएको नदी नै वास्तविक महाकाली नदी हो । यत्ति तथ्य मनन गरी नक्सा पल्टाउँदा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालभित्रै पर्छ । तर लिपुलेकबाट आइरहेको नदीलाई महाकाली नदी मान्ने हो भने त्यसपारीको भूभाग भारत भयो, अनि त्यसको पश्चिममा बग्ने कालापानीको कुरा नै आएन । त्यसकारण लिम्पियाधुरा, कालापानी, लिपुलेकको विवादको चुरो भन्नु नै महाकाली नदी हो । नक्सा सन् १८१६ जनवरी २...

  • २०७७ जेठ ११, आइतबार

    भारतीय समाचार च्यानलको बौद्धिक कङ्गालता र पिट्ठू पत्रकार

    आनन्दस्वरूप वर्मा हिजोका कुरा हो । टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ – ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरु हुन्छ अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री...

  • २०७७ जेठ १, बिहिबार

    संवेदनहीन र गैरजिम्मवारीले उपत्यकामा कोरोना आतंक

    निश्चल मंगलबार दिउँसो एकैपटक ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको समाचार बाहिरिएपछि सर्वसाधारणमा आतंक छायो । उनीहरुको कुराकानीको विषय यसमै केन्द्रित भयो, “यो त मध्य दिनको मात्र संख्या हो, अझै कति संक्रमित बढ्ने हुन् ?” कोरोना भाइरसका कारण विदेशमा २४ घण्टामा यतिजना संक्रमित देखिए, यतिजनाको मृत्यु भयो भन्ने समाचार सुनिरहेकाले होलान्, नेपालमा पनि त्यस्तो हुनेमा सर्वसाधारणमा त्रास देखियो । अनुमान...

Pages