
विचार
-
२०८० श्रावण २०, शनिबार
जाडिँदै भोजपुरको ऐतिहासिक टक्सार बजार
भोजपुर,बराइँसराइका कारण भोजपुरको ऐतिहासिक टक्सार बजार उजाड जस्तै भएको छ । तत्कालीन समयमा नेपालभर आवश्यक पर्ने टक ९डोली पैसा० छापिएको ऐतिहासिक टक्सार बजार उजाड हुँदै गएको हो । यहाँका मानिसहरु घर छाडेर अन्यत्र बसोबास गर्दा कलात्मक रुपमा निर्माण गरिएका घरहरु जीर्ण भएका छन् भने बजारको स्वरुप पनि बिग्रँदै गएको छ । कतिपय घरहरु भत्किन थालेका छन् । विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले...
-
२०८० श्रावण १७, बुधबार
‘मन नेपालमा, रोजीरोटी प्रवासमा’
कोलकाता “हाम्रो मन मातृभूमि नेपालमै पुगिरहेको हुन्छ तर कामका सिलसिलामा आइएकाले बसोबास र रोजीरोटी यतै गर्नुपरेको छ । प्रवासमा रहेर नेपाल आमालाई पुकार्दै जीवन गुजारिरहेका छौँ ।” पश्चिम बङ्गालको कोलकाता–बेहलास्थित परिवहन ट्रान्सपोर्ट सम्बन्धी व्यवसाय गर्दै आएका तनहुँका केशव अधिकारी क्षेत्रीलाई नेपाल र नेपालीको प्रसङ्ग आउनेबित्तिकै भावनाको गहिराइमा पुगेको अनुभूति हुन्छ । सानो छँदा तनहुँको...
-
२०८० श्रावण १४, आइतबार
प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा सङ्कटमा
समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसङ्गले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ । सम्पर्क भाषामा हिन्दी तथा...
-
२०८० श्रावण ११, बिहिबार
आउँदो निर्वाचनका लागि अहिलेदेखि उम्मेदवार छनोट गर्न अपरिहार्य
निर्वाचन सम्पन्न भएको भर्खर बर्षदिन कटियो । किन अहिलेदेखि आउँदो निर्वाचनका लागि उम्मेदवार छनोट गर्नुपर्ने हो ? समय धेरै बाँकी छ ? निर्वाचनमा प्रतिस्पर्धा गर्ने विभिन्न पार्टीहरुले यही सोँच राख्छन् नेतादेखि कार्यकर्तासम्मले ? वास्तवमा यो सोँच गलत सोँच ठहर हुन्छ ? यदि निर्वाचन हुनु केही समय अगाडि मात्र उम्मेदवार छान्ने हो भने त्यो पार्टी जनहित एवं भूमिहित पार्टी हुनै सक्दैन, मात्र त्यो पार्टी...
-
२०८० आषाढ २६, मंगलबार
जनसाङ्खिक लाभको सदुपयोग
आज जुलाई ११ तारिख अर्थात विश्व जनसङ्ख्या दिवस । संयुक्त राष्ट्र सङ्घले विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेपछि जनसङ्ख्यालाई विश्वव्यापी बहसको विषय बनाएको थियो । बढ्दो जनसङ्ख्यालाई पृथ्वीले कसरी धान्ला भन्ने चिन्ता र चासोसहित यो दिवश मनाउन सुरु गरिएको हो । सन् १९८७ को जुलाई ११ मा जब विश्वको जनसङ्ख्या पाँच अर्ब पुग्यो, तब संयुंक्त राष्ट्र सङ्घले यो विषयलाई गम्भीरतापूर्वक लियो । त्यसपछि १९८९ मा संयुक्त...
-
२०८० आषाढ २२, शुक्रबार
भाषा, संस्कृति र साहित्य इतिहास लेखनको मुख्य आधारः अध्यक्ष यादव
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोआवश्यक रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेसको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठी शुभारम्भ गर्दै उहाँले यी विषय मधेसको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गर्नुभयो ।मधेस प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष...
-
२०८० आषाढ ५, मंगलबार
अन्तरजातीय विवाहको पीडा स् न विवाह दर्ता न जन्मदर्ता
बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताउनुभयो । तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको...
-
२०८० जेठ ३२, बिहिबार
ज्येष्ठ नागरिकसम्बन्धी ऐन छ, कार्यान्वयन छैन
रामेछापका डिलबहादुर मगर शुक्रबार बिहान पुतलीसडक जानका लागि कोटेश्वरबाट नेपाल यातायात चढ्नुभयो । सत्तरी वर्षीय डिलबहादुर बस्नका लागि ज्येष्ठ नागरिक सीट त थियो तर खाली थिएन । ज्येष्ठ नागरिक सीटमा एक जना युवा बसिरहेका थिए । यसै पनि नेपाल यातायातमा भिड हुन्छ । त्यो दिन खुट्टासमेत टेक्ने ठाउँ थिएन । गाडीको गल्लीभरी यात्रु उभिएर यात्रा गरिरहेका थिए । ती युवाले ७० वर्षीय डिलबहादुर निकै कष्टका साथ उभिएर...
-
२०८० जेठ ३१, बुधबार
‘जन्मोत्सवमा रक्तदान अभियान’को सान्दर्भिकता
प्रेमसागर कर्माचार्य स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२३ जुन १४ को यस वर्षका लागि ‘रगत तथा प्लाज्मा नियमित दान गरौँ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔँ’ भन्ने नारा तय गरेको छ । हरेक वर्ष कुनै न कुनै देशको प्रमुख आयोजनामा मनाइने यो दिवस यसपटक अल्जेरियामा भव्यरूपमा मनाइँदैछ । दक्षिण अफ्रिकी...
-
२०८० जेठ १०, बुधबार
सुन्दरता के हो ? –सुन्दरता एउटा जाल हो
सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री ? यसको परिभाषा के हुनसक्छ रु यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु ९जोङसार खिन्से रिम्पोछे० ले चर्चा गर्नुभयो । विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ सुन्दरता एउटा जाल हो विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राख्नुभयो । जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उहाँ नेपालमा हुनुहुन्छ...
-
२०७९ माघ १, आइतबार
माघे सङ्क्रान्तिको महत्त्व
नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । सोही दिनदेखि सूर्य दक्षिणी...
-
२०७९ भाद्र १९, आइतबार
बुद्धले जोगाएको पक्षी बुद्धकै भूमिमा सङ्कटापन्न
लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए । धार्मिकग्रन्थ रामायण र महामानव सिद्धार्थ गौतमबुद्धको जीवनकथामा यो पक्षीको महत्वपूर्ण वर्णन छ । तर पछिल्लो समयमा बुद्धजन्मस्थलकै सारस संरक्षकत्वबिहीन छन् । विश्वभरि बुद्ध धर्मको प्रचारप्रसार बढेको बेला बुद्ध कथाको एक...