STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विचार

  • २०७६ भाद्र २२, आइतबार

    विद्यावारिधि प्राप्तको अनुभव ः ‘स्वदेशमै केही गर्न सकिन्छ’

    “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।” सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक वालविकास विषयमा विद्यावारिधि पिएचडी गरी सोही विषयमा अनुसन्धान–प्रशिक्षणमा कार्यरत डा मीनाक्षी दाहाल स्वदेशमै केही गर्न सकिन्छ भन्नेमा ढुक्क देखिनुहुन्छ । उच्च शिक्षा हासिल गर्न...

  • २०७६ भाद्र २१, शनिबार

    इतिहास कोर्ने हातहरु

    राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतार्नुभएको छ । राजा प्रताप मल्ल बाजागाजाका साथ आइरहेका छन् । राजाका भारदारी लम्बकर्ण भट्ट, जमुना गोभाजु पनि छन् । रानी र राजकुमारी...

  • २०७६ भाद्र २०, शुक्रबार

    दशैँ खर्च जुटाउन भारत पलायन

    “पढाउन सक्ने अवस्था छैन, जसोतसो पढाए पनि कामको सुनिश्चित हुँदैन, त्यसैले आफूसँगै छोरालाई भारत लैजान लागेका हौँ”, विक्रम विकले भन्नुभयो । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण पढाइ छोडेर बाबुसँगै आफू पनि भारत जान लागेको मुर्तिहा नाका अर्थात् नेपालगन्ज भन्सारमा भेटिएका दीपक विकले विवशता पोख्दै भने, “म त विदेश जाँदैछु, म जस्ता थुप्रै बालक पनि यसरी नै भारतमा मजदूरी गर्न गइरहेका छन् ।” दशैँलगायतका...

  • २०७६ भाद्र १९, बिहिबार

    धेरै घुमियो, अनि लेखियो ः राजकर्णिकार

    यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वःभीमरथारोहण अर्थात् बूढो पास्नी मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार र कुलकुटुम्बलाई आफैँ निम्तो दिन छोरीहरुका साथ दिनभर आफैँ कार हाँकेर घरघर पुग्नुभयो । उहाँ र धर्मपत्नी शान्तालाई जँक्वःको पूर्वसन्ध्यामा भदौ १५ गते भिक्षुभिक्षुणीहरुले बौद्ध परम्परानुसार परित्राण पाठ गरी शुभकामना र आशिष दिए भने भदौ १७ गते साहित्यकारहरु...

  • २०७६ भाद्र १८, बुधबार

    बढ्दो आत्महत्या चिन्ताजनक समस्या

    विगत तीन आर्थिक वर्षको तथ्याङ्कले पाँचथरमा आत्महत्या चिन्ताजनक समस्याका रुपमा विकास भएको पाइएको छ । तीन आर्थिक वर्षमा वर्षेनी ४० भन्दा बढी मानिसले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् भने केहीले विषसेवन गरेर आत्महत्या गरेको पाइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ४९ ले आत्महत्या गरेका थिए भने आव २०७४÷७५ मा ४७ ले आत्महत्या गरेका थिए । गत आवमा ४४ ले...

  • २०७६ भाद्र १७, मंगलबार

    लाखेनाच संरक्षणका लागि पहल

    लोप हुँदै गएको लाखेनाच संरक्षणका लागि तनहुँको भीमाद नगरपालिका–६ स्थित भीष्म नेवार समाजले पहल थालेको छ । नेवार समुदायको मौलिक सांस्कृतिक नाच लाखे संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित समाजले पहल थालेको हो । अहिलेको पुस्ताले लाखेनाचको महत्व बिर्सिन थालेपछि समाजले विभिन्न जिल्लाका नेवार समुदायबीच लाखेनाच प्रतियोगिता सम्पन्न गरेको छ । कुनै समय निकै प्रख्यात रहेको लाखेनाच आजभोलि लोप...

  • २०७६ भाद्र १७, मंगलबार

    जनजाति र राष्ट्रिय एकीकरण

    आजको नेपाल कसले बनायो ? भाषा र शिल्प, संगीत र नृत्य, धर्म र विश्वास, देश र जनता कूटनीति र एकता, भूगोल, इतिहास निर्माण गर्दै जसले चरित्र सिकायो उनै खम्बारुपी पृथ्वीनारायण शाहको एकीकरणलाई आजका जनजातिहरुले भौतिक एकीकरण मात्र ठान्छन् र भन्छन्, भावानत्मक हिसाबले भएकै छैन । पृथ्वीनारायण शाहको दिव्य उपदेशको चार वर्ण छत्तीस जातको साझा फूलबारी भन्ने वाक्यलाई पनि आजका जनजातिहरुले आफूहरु वर्णाश्रम...

  • २०७६ भाद्र १४, शनिबार

    बेपत्ता आउने आशमै बित्यो दुई दशक

    “माओवादी आउँथे, घरमा पकाएको खाना खान्थे,। कार्यक्रममा बोलाएर लैजान्थे, त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १८ वर्ष बितिसक्यो”, भेरी नगरपालिका–१ पिपेकी बली रानाले भन्नुभयो । माओवादी द्वन्द्वका क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउँलान् भनेर कुर्न थालेको उहाँलाई वर्षौं बित्यो । उहाँलाई बेपत्ता श्रीमान् फर्केर...

  • २०७६ भाद्र १२, बिहिबार

    जनजातिहरुको वर्तमान अवस्था

    जनजातिका विषयमा किताबहरु लेख्ने लेखकहरु प्राय वामपन्थी विचारधाराका व्यक्ति हुन्छन् । त्यस्ता लेखकहरुले घटनाक्रमलाई वामपन्थी विचारकहरुका अभिव्यक्तिसँग जोडेर लेख्ने गरेको पाइन्छ । नेपालको परिप्रेक्ष्यमा जनजातिहरुको स्थितिको लेखाजोखा गर्दा के उदारण दिने गरिन्छ भने जनजातिहरुको उच्च सहकारी ओहोदामा सहभागिता न्यून छ । उच्च प्रावधिक पदहरुमा सहभागिता न्यून छ । वरिष्ठ सैनिक अधिकृतहरुमा त्यहि अवस्था छ ।...

  • २०७६ भाद्र १०, मंगलबार

    ‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’

    भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् । बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी भाद्र कृष्ण त्रयोदशी मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार...

  • २०७६ भाद्र ९, सोमबार

    दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण

    विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गर्नुभयो । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन स्तम्भ राखियो । ती पिलर जंगबहादुर राणाको पालामा राखिएकाले...

  • २०७६ भाद्र ८, आइतबार

    आत्महत्यालाई कसरी निरुत्साहित गर्ने

    गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा । आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो । तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक...

Pages