विचार
-
२०७६ पौष २८, सोमबार
‘छाउगोठसँगै सोच भत्काउनु जरुरी’
यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम कर्णाली प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरुको नेतृत्वमा छाउगोठ भत्काउने अभियान अघि बढिरहेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्लामा यो अभियान सञ्चालन भएको छ । अभियानका क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतले पश्चिम...
-
२०७६ पौष २७, आइतबार
हिउँदमा हिमाल
हिउँद याममा नेपालका विभिन्न हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिएको छ । सो याममा उनीहरुले ६ हजार मिटर माथिका तीन हिमाल आरोहणका लागि पर्यटन विभागवाट आरोहण अनुमति लिएका छन् । सगरमाथा, आमादब्लम र नुप्से गरी तीन हिमालका लागि स्पेनका २३ आरोहीले अनुमति लिएका हुन् । सगरमाथा आरोहणका लागि एक समूहका तीन आरोही, नुप्से आरोहणका लागि एक समूहका पाँच आरोही र आमादब्लम आरोहणका लागि एक समूहका १५ आरोहीले अनुमति...
-
२०७६ पौष २४, बिहिबार
बाबुको काजकिरिया गर्दै छोरी
परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन । समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ तर भmापाको कनकाईमा नाबालक दुई छोरीले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै...
-
२०७६ पौष २३, बुधबार
भगवान् पुकार्दै हिमालपारिको यात्रा
उतिबेला अहिले जस्तो डोजर र स्काभेटर चलाइएको हैन, घन, छिनो र साबेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भिर, त्यो भन्दा तल रिँगटा लाग्ने गड्गडाउँदै बगिरहेको निलो मस्र्याङ्दी नदी । माथि उस्तै अजंगको चट्टानी पहरो । यो अवस्था हिमालपारिको जिल्ला मनाङ जाने सडकको हो । अग्ला पहाड फोडेर बनाएको साँघुरो सडक । माथि हेर्दा अक्करे भिर तलतिर जिउ नै सिरिंग हुने खोँच । त्यहीँमाथि...
-
२०७६ पौष ८, मंगलबार
बल्ल उठ्दै नोर्बुलिङ
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्बुलिङमा दुई वर्ष अघि नै भूकम्पले भत्काएको बस्ती ठड्याउने योजना थियो । त्यो बेला जग्गा खारेर तयारी गरे पनि रकमको जोहो गर्ने कयौँ प्रयास असफल हुँदा योजना त्यसै तुहियो । जिल्लाका विभिन्न क्षेत्रमा दाताले घर बनाइदिएको सुनेका यहाँका लाभग्राहीले कुनै दाता पाइहालिन्छ कि भनेर बाटो कुर्न भने छाडेनन् । पटकपटक ताकेता पनि भयो । चरोमुसो नआएपछि नयाँ घर...
-
२०७६ पौष ६, आइतबार
उद्योगी ढकालको यात्रा बैंकमा सहायक पदको जागिरदेखि सबैभन्दा ठूलो बैंकको अध्यक्षसम्म
बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उहाँले घडी हेर्नुभयो र भन्नुभयो, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन रु” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उहाँले नै हामीलाई बिहान साढे आठ बजेको समय दिनुभएको थियो । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौँ । उहाँ नजिकका भन्छन्, ‘समय उहाँलाई चिन्ने मापनजस्तै हो । समयसँग उहाँको कुनै सम्झौता हुँदैन ।’...
-
२०७६ पौष ३, बिहिबार
बलात्कार र यौन दुव्र्यवहारको घटनाः न्याय नपाउने डरले अधिकांश पीडित महिलाले बयान फेर्छन्
अठ्ठाइस वर्षीया अपाङ्गता भएकी महिलालाई राप्ती गाउँपालिका–१ का २१ वर्षीय समिर अलीले बलात्कार गरेको भन्दै पीडित पक्षले ०७५ पुस १८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिए । घरमा सुतिरहेको अवस्थामा गत वर्ष पुस १७ गते राति जबर्जस्ती करणी गरेको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षणपछि प्रहरीले पुस १८ गते गिरफ्तार गरी जबर्जस्ती करणीसम्बन्धी मुद्दा चलायो । जिल्ला अदालतले ०७६ असार ९ गते आठ वर्ष...
-
२०७६ पौष १, मंगलबार
प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्– नेपाल पृथ्वीको स्वर्गजस्तो
“पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् । उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म परिवारलाई पु¥याइदिउँला ।” गत हप्ता पानीपोखरीस्थित जापानी दूतावासमा प्रसिद्ध हिमाल आरोही जापानी नागरिक हिरोताका ताकेउचीले हिम...
-
२०७६ मङ्सिर २९, आइतबार
अपाङ्गता समाजका काँडा होइन ः कानूनमन्त्री भण्डारी
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिनुभएको छ । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा आयोजित तीनदिने ‘निःशुल्क ह्वीलचियर वितरण तथा प्रशिक्षक तालिम’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोमा परिवर्तनको आवश्यकता रहेकामा जोड दिनुभयो...
-
२०७६ मङ्सिर २७, शुक्रबार
घाँस बेचेर शौच
नेपालगञ्ज उपमहानगरपालिका–८ को घसियारन टोल । साँघुरो गल्लीभित्र एकै लाइनमा २४ घर छन् । घाँस काटनेहरूको संख्या धेरै भएपछि टोलको नाम नै घसियारन रहेको छ । घाँस बेच्नु उनीहरूको पुख्र्यौली पेसा हो । घसियारन समुदायका नागरिक शहरका निर्धनमा पर्छन् । उनीहरु शहर आसपास र टाढाटाढा घाँस काट्न जान्छन् । घाँस बेचेर नै रोजीरोटी चलाउने यी समुदायका मानिस घरमा नभएकाले सार्वजनिक शौचालयमा शौच गर्न जान्छन् । टोलका...
-
२०७६ मङ्सिर २३, सोमबार
के छैन रामपुरमा
“यहाँ प्रफुल्ल बनेर राम र सीता नृत्य गर्दा उनीहरूका पैतालामा धुलीसात बन्दा, उनीहरू बास बस्दै जाँदा पैदा भए छन् केलादी घाट र सीता कुण्डहरू ।” प्रस्तुत कवितांश युवा कवि लालमणि पोखरेलले पाल्पा रामपुरको तालपोखरामा आयोजित १७२ औँ अक्षरयात्रामा वाचन गर्नुभएको हो । प्रत्येक महिनाको तेस्रो शनिबार ठाउँ÷ठाउँमा पुगी पोखरेली साहित्यकारले साहित्य सिर्जनाका माध्यमबाट जीवन र जगत्का यथार्थतालाई खोतल्ने क्रममा...
-
२०७६ मङ्सिर २१, शनिबार
आमा यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन् ।
प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् । कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः सडकमै छाडिएकी मनोरोगी पुतली सडकमा लडिरहेकी थिइन् । प्रसव बेदना सहन नसकी जीवन त्यागेकी महिला देखेर उनी भावविहल भइन् । पुतलीसँगको विगतका अन्तरङ्ग अनि आमाले घरबाट निकालेका...


