विचार
-
२०८१ मङ्सिर ३, सोमबार
‘प्रतिपक्षले रुचाएका सभामुख ढुङ्गाना’
काठमाडौँ, प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेल्नुभएको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो ।...
-
२०८१ कार्तिक २९, बिहिबार
सामा चकेवा: दाजुभाइ सम्झदै मिथिलानी
महोत्तरी, मधेशको प्राचीनकालदेखि सांस्कृतिक तथा लोकपरम्पराका चाडवाडको केन्द्र रहँदै आएको मिथिलाक्षेत्र अहिले सामाचकेवा पर्वको उत्कर्षमा छ । कात्तिक शुक्लपञ्चमी अर्थात् छठ पर्वको दोस्रो दिन शुरु भएर कात्तिक पूर्णिमाका दिन समापन गरिने यो पर्व अब समापनको सङ्घारमा छ । पर्व समापनको दिन नजिकिदै गर्दा मिथिलानी (मिथिलाका नारी) अहिले आफ्ना दाजुभाइ सम्झदैछन् । दाजुभाइ दिदीबहिनीबीच प्रेम र समर्पणको यो...
-
२०८१ कार्तिक २९, बिहिबार
जलवायु न्यायका लागि रस्साकस्सी
धर्मेन्द्र झा /रासस बाकु (अजरबैजान),२९ कात्तिकः हरितगृह ग्यासको उत्सर्जनका कारण सिर्जित वातावरणीय समस्याबाट बढी प्रभावित मुलुकहरु यतिबेला यहाँ आफूहरुले जलवायु न्याय पाउनुपर्ने भन्दै आवाज बुलन्द पारिरहेका छन् । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलनमा हिमाली एवं टापु राष्ट्रका प्रतिनिधि एउटै आवाजका साथ आफूहरुले कार्बन उत्सर्जनमा कुनै भूमिका नराखे पनि औद्योगिक एवं विकसित राष्ट्रले...
-
२०८१ कार्तिक ५, सोमबार
सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा
सिद्धराज राई / रासस काठमाडौँ, भाषाविना पत्रकारिताको कल्पना गर्न सकिन्न । संसारमा कुनै न कुनै भाषा प्रयोग गरेर नै पत्रकारिता वा आमसञ्चारमाध्यम सञ्चालन भइरहेका छन् । अन्तर्राष्ट्रिय रूपमा संयुक्त राष्ट्र सङ्घले अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, अरबी र स्पेनी भाषालाई आधिकारिक प्रयोग गरिरहेको छ । यी सबै भाषामा पत्रकारिता भइरहेको छ । संसारका करिब दुई सयभन्दा बढी देशमा आफ्नो मातृभाषा प्रयोग गरेर...
-
२०८१ आश्विन ११, शुक्रबार
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा
सुशील दर्नाल/रासस काठमाडौँ, ११ असोजः नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा छोडेर अमेरिकामा रमाइरहेका छन् । “बुढाको पहिले नै स्वर्गबास भयो, सन्तानका नाममा त्यही एउटा छोरो थियो, त्यही छोराले बुढेसकालमा पाल्ला त नि भनेको उसले पनि मलाई यहाँ आश्रममा...
-
२०८१ आश्विन ८, मंगलबार
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
शोभा अधिकारी काठमाडौँ, (रासस): समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका घटनाहरू बढिरहेका छन् । महिला हिंसा एक संवेदनशील र गम्भीर सामाजिक समस्या बनेको छ । नेपाललगायत विश्वभर नै डरलाग्दा महिला हिंसा र हत्याका घटना दिन प्रतिदिन वृद्धि भइरहेका छन् । यसले समाजको नैतिकता, कानुनी व्यवस्था र मानव अधिकारलाई चुनौती दिएको छ । यो समस्या सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक समस्याको परिणाम हो ।...
-
२०८१ आश्विन ४, शुक्रबार
समावेशी संविधानले ल्याएको परिवर्तन
मधु शाही काठमाडौँ, हरेक वर्ष संविधान दिवस मनाइरहँदा संविधानसभा सदस्य कमला विश्वकर्मालाई दही र चिउरा चपाएर रातभरि संविधान लेखेको क्षण याद आउँछ । संविधान दिवसले दिएको खुसी उनको लागि सधैँ ताजा छ । “थुप्रै रात जागेर ल्याएको संविधान हो”, उहाँ सम्झनुहुन्छ, “अब राज्यको पिँधमा बस्न बाध्यहरुलाई माथि उठाउने संविधान ल्याएको भनेर हर्षले भावुक बनाएको थियो ।” समावेशी चरित्र स्थापित गर्नको लागि महिला, दलित,...
-
२०८१ भाद्र ११, मंगलबार
सुदूरका बस्तीमा गुञ्जिए देउडा
दोधारा चाँदनी, कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरामहेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया ९गीतकार० मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै...
-
२०८१ भाद्र १०, सोमबार
अद्भुत कलाका धनी अप्रतिम भगवान् श्रीकृष्ण
राममणि सिटौलाआजभन्दा हजारौं वर्षअघि भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा जन्मिएका कृष्णको वैदिक सनातन धर्ममा सर्वोच्च स्थान छ । विश्वभरिका सनातन धर्मावलम्बीले कृष्ण जन्मिएको पावन तिथिलाई कृष्णाष्टमीका रूपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । यतिखेर कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । धुमधामका साथ पूजाअर्चना गर्दै उनको आराधना गरिन्छ ।अद्भुत कला, असीम पुरुषार्थ र परमार्थले भरिएका कृष्ण...
-
२०८१ भाद्र २, आइतबार
सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उहाँहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन । रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले । ती व्यक्तिको सोधनीमा उनीहरुले आफ्नो घरको गरिबी र रोजगारीको अवस्थाबारे जानकारी गराए । आर्थिक अभावको कमजोरीको फाइदा उठाउँदै...
-
२०८१ श्रावण ३०, बुधबार
नेपाल र चीनबीचको सम्बन्धको आधार
महेन्द्रप्रकाश सिवाकोटी नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । नेपाल र चीन, दुई पुराना सभ्यताका प्रमुख मित्रराष्ट्रहरू, अनादिकालदेखि नै आपसमा गहिरो सम्बन्ध राख्दै आएका छन् । हिमालय पर्वतको शृङ्खला र विभिन्न भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक र ऐतिहासिक पक्षहरूले जोडिएका यी दुई देशबीचको सम्बन्ध औपचारिक र अनौपचारिक तहमा विकसित हुँदै आएको छ । पहाड, पर्वत, नदीनाला र हिमालयले...
-
२०८१ श्रावण २५, शुक्रबार
विश्व आदिवासी दिवसको सान्दर्भिकता
गणेशकुमार राई रङ्गभेद विरोधी नेता नेल्सन मण्डेलाको भनाइ छ, ‘स्वतन्त्र हुनु मात्र जंजिरलाई उर्तानु होइन, बल्की जीवन यस्तो हो, जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।’ संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गर्यो । सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु भयो । त्यसयता अगस्त ९ लाई विश्व...


