STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF

  • २०८० चैत्र २५, आइतबार

    थारु आवासमा पर्यटक बढ्दै

    दुई वर्षअघि उदयपुरको त्रियुगा नगरपालिकाका–१३ स्थित बेहडवामा सञ्चालित जिल्लाको एक मात्र थारु आवास (होमस्टे) मा अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकको आगमन बढ्न थालेको छ । मेचीदेखि महाकालीसम्म र हिमाल पहाडसहित आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको होमस्टे सञ्चालक बताउँछन् । पर्यटकको आगमन बढे्सँगै आम्दानी पनि वृद्धि भएको व्यवसायी बताउँछन् । गाउँलेहरुले मिलेर सञ्चालन गरेको यो...

  • २०८० चैत्र २३, शुक्रबार

    सुनसरीमा ८० राउन्ड हवाई फायर, पाँचवटा पालिकामा कर्फ्यु

    विराटनगर-  सुनसरीको भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरेको छ। शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगर, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो। कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका...

  • २०८० चैत्र २३, शुक्रबार

    लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

    काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। माओवादी संसदीय दलका नेता महराले शुक्रबार बिहान ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै प्रदेशमा पनि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली...

  • २०८० चैत्र २३, शुक्रबार

    वाइडबडी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले शाहीसहित पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारलगायत विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पूर्वमन्त्री शाही...

  • २०८० चैत्र २३, शुक्रबार

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

    गठबन्धन बदलिएसँगै प्रदेश सरकारमा पनि हलचल मच्चिएको छ । योसँगै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा जारी सरकार ढलेका छन् । ती प्रदेशका प्रदेश प्रमुखहरुले आज छुट्टाछुट्टै अवसरमा राजिनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उनले बिहीबार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिएका हुन्। केन्द्रमा नयाँ...

  • २०८० चैत्र २३, शुक्रबार

    अग्रज संगीतकारहरु नकर्मि, डँगोलसहित दर्शनवीर पुरस्कृत

    ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट सो समारोहमा अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । यस्तैगरी जिगु देय् जित यः 7बाट दर्शनवीर शाक्य नेपालभाषा नर्फको उत्कृष्ट निर्देेशक तथा असं बजाः मंगः बजाः गीतबाट  अग्रज संगीतकार मनराजा नकर्मि...

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प...

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प...

  • २०८० चैत्र २१, बुधबार

    बागमती प्रदेशमा आज थप चारजना मन्त्री नियुक्त हुँदै

    हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलोपटक मन्त्री बन्दैछन् । मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा...

  • २०८० चैत्र १८, आइतबार

    कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

    काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्।  केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्।  मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए। ...

  • २०८० चैत्र १८, आइतबार

    शिक्षक, कर्मचारी राजनीतिक दलमा आवद्ध भए उजुरी दिन शिक्षामन्त्री श्रेष्ठको आग्रह

    काठमाडौं- शिक्षामन्त्री सुमना श्रेष्ठले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारीहरू कुनै पनि राजनीतिक दलमा आवद्ध भए उजुरी दिन आग्रह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत शिक्षक, कर्मचारीलाई दलीय राजनीति नगर्न सचेत गराउँदै त्यसो गरेको पाइएमा उजुरी दिन भनेकी हुन्। उनले शिक्षा ऐन, २०२८ दफा १६(ङ) को उपदफा ५ खण्ड (५) को बुँदा उल्लेख गर्दै बहालवाला शिक्षक कर्मचारी राजनीतिक दलमा आवद्ध भए पदबाट हटाइने...

  • २०८० चैत्र १८, आइतबार

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो। पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ। भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ। निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।

Pages