STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० फाल्गुण २१, सोमबार

    नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन्। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।  तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर...

  • २०८० फाल्गुण २१, सोमबार

    स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सधैं अगाडि रहने मुख्यमन्त्रीको दावी

    बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणको क्रममा स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन संधै आफ्नो पहिलो कर्म हुने बताएका छन् । आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पछी मन्त्री महर्जनले आफु यहि संस्कृति, सम्पदामै खेल्दै हुर्केको भएकोले यसको औधी माया लाग्ने बताए । मन्त्री...

  • २०८० फाल्गुण २१, सोमबार

    प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागी हुँदै

    काठमाडौं– नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ।  प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा सोमबार बिहान बालुवाटारमा बसेको नयाँ...

  • २०८० फाल्गुण २१, सोमबार

    देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ । सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उहाँले सहिदहरुको सपना पूरा गर्नका लागि पनि एक ठाँउमा आउनैपर्नेमा जोड दिनुभयो । सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा...

  • २०८० फाल्गुण २१, सोमबार

    सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल...

  • २०८० फाल्गुण २१, सोमबार

    प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा

    काठमाडौं - गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन्। गठबन्धनमा देखिएको तिक्तता मेटाउन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ। कांग्रेस सभापति देउवाले आइतबार साँझ आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर उनीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका थिए।...

  • २०८० फाल्गुण २०, आइतबार

    काठमाडौं महानगरअगाडि कवाडी व्यवसायीको प्रदर्शन

    काठमाडौँ - कवाडी व्यवसायीहरूले काठमाडौं‌ महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका छन्।  आइतबार दिउँसो कवाडी व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका हुन्। महानगरले कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएको थियो। महानगरले कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको थियो। यसरी दमन गरेको भन्दै उनीहरूले...

  • २०८० फाल्गुण २०, आइतबार

    शालिन मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टप्रति परिवारको आपत्ति

    काठमाडौं - शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टम रिपोर्टप्रति आपत्ति जनाएको छ । अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो । आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ । त्यो भनेको मृत्युको कारण बलात्कार...

  • २०८० फाल्गुण २०, आइतबार

    नयाँ सत्ता समिकरणको गृहकार्य सुरु

    काठमाडौं– सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ।  नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार...

  • २०८० फाल्गुण २०, आइतबार

    शुभारम्भ म्युजिकल जर्नीद्वारा कथा सङ्ग्रह ‘अनुत्तरित प्रश्न’ माथि अन्तरसंवाद

    नेपालको संगीत र साहपत्यमा समर्पित शुभारम्भ म्युजिकल जर्नीको आयोजनामा शनिबार पुस्तक समर्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा समीर पाख्रिनको नवीनतम कृति कथा सङ्ग्रह ‘अनुत्तरित प्रश्न’ समर्पण तथा परिचर्चा भएको हो भने सो कार्यक्रमका प्रमुख अतिथि पूर्व सचिव तथा लेखक रामचन्द्रमान सिंह रहेका थिए भने विशिष्ट अतिथिमा प्राध्यापक तथा वरिष्ठ गजलकार डा. सनत कुमार वस्ती, बहुप्रतिभाका धनी...

  • २०८० फाल्गुण २०, आइतबार

    नइको नाममा सिक्का र टिकट लोकार्पण हुनु भनेको गौरवमय क्षण घोषित

    नेपालको वाङ्गमय क्षेत्रको श्रीवृद्धिमा सकृय प्राज्ञिक संस्था नइ प्रकाशनको रजत वर्ष प्रवेश गरेको अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको एक सय रुपिंया को सिक्का र दस रुपिंया दरको हुलाक टिकट नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटीले  सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।  नेपाल...

  • २०८० फाल्गुण १८, शुक्रबार

    नाइट क्लबमा काम गर्ने युवतीमाथि सामूहिक बलात्कार

    काठमाडौँ - नाइट क्लबमा काम गर्ने युवतीमाथि काठमाडौँको गोठाटारमा सामूहिक बलात्कार भएको छ । माघ २० मा दुई जना मिलेर २२ वर्षीया युवतीलाई गोठाटारस्थित एउटा होटलमा बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरले सिन्धुपाल्चोक घर भएका पदम घयाम्जो तामाङलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी परिसर...

Pages