STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाँदर लड्ने खरबारीलाई फूलबारी बनाएपछि दङ्ग

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार

‘‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिएका छन्, म्याग्दीका एक पौरखी किसानले । वर्षौंदेखि जङ्गली जनावर ९बाँदर र चितुवा०ले क्रिडास्थल बनाएको भिराले ढुङ्गे खरबारीमा लटरम्मै फलफूल र तरकारी लगाएर हरियाली बनाएका म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलका खेम केसी पहिलेको खरबारीमा आफ्नै पौरखले बनाएको ्फुलबारी हेरेर अहिले मख्खै पर्नुहुन्छ । उमेरले ५० वर्ष पार गरेका पौरखी केसीले कालिपुलमा मोटरसाइकल वर्कसप तथा मर्मत केन्द्र, तरकारी र किराना पसलसमेत सञ्चालन गर्दै आउनुभएको छ । कृषिबाट आकर्षित भएका केसीले आफ्नो व्यावसायसँगै अहिले १५ रोपनी पाखोबारी ९खरबारी० मा रु १० लाख भन्दा बढी लगानी गरी फलफूल र तरकारीको हरियो फूलबारी बनाउनुभएको हो । केसीले सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका– ७ मिलनचोको १५ रोपनी पाखोमा तरकारी र फलफूलखेती गर्नुभएको उहाँले बेनीमा विषादीरहित तरकारी तथा फलफूल बिक्री गर्ने गरी पहिलो वर्षमा नै ठूलो लगानी गरेर पाखोबारीलाई फूलबारी बनाएको बताउनुभयो । “बाँदर लड्ने खरबारीलाई हरियालीयुक्त फूलबारी बनाउँदै छु, पहिलो वर्षको सफलता देखेर उत्साहित भएको छु’ केसीले भन्नुभयोे”, “यहीँ पाखा पहरामा लडीबुडी खेलेर बाल्यकाल बिताएको हुँ, आफू खेले हुर्केको ठाउँ प्रयोगविहीन भएको देखेर मन खायो अनि लगानी गरेर तरकारी र फलफूल फलाउन कस्सिएको छु ।” पचास रोपनी क्षेत्रफलमा फैलिएको खरबारीमध्ये अहिले १५ रोपनीमा फलफूल तथा तरकारीखेती गर्नुभएको केसीले बेनी–मालढुङ्गा सडक खण्डको नजिकै पर्ने खरबारीमा पदमार्ग बनाएर आफ्नो फुलबारीसम्म पुग्ने बाटो समेत बनाएको छ । त्यत्तिकै खेर गएको बाँकी ३५ रोपनी जग्गामा समेत फूलबारी निर्माण गर्ने योजना रहेको केसीले जानकारी दिनुभयो । आफ्नो फुलबारीमा उत्पादन भएको तरकारी तथा फलफूललाई बेनीमा बिक्री केन्द्र स्थापना गरी उपभोक्तालाई विषादीरहित पूर्ण प्राङ्गारिक तरकारी बिक्री गर्ने योजनामा आफू रहेको पनि उहाँले बताउनुभयो । बाध्यताले नभै रहरले शुरु गरेको कृषिकर्मबाट आफू निकै सन्तुष्ट रहेको बताउने केसीले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर विषादीरहित तरकारी तथा फलफूल उत्पादन गर्ने प्रतिबद्धतासमेत गर्नुभएको छ । परीक्षणको रुपमा अहिले केरा, आँप, लिचिलगायत १२ प्रजातिका फलफूल तथा करेला, घिरौला, साग, बोडी, सिमीलगायतका तरकारी लगाएका केसीको दैनिकी अहिले विकसित हुँदै गरेको फुलबारीमा नै बित्ने गरेको छ ।
Categorized in रोचक