STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जिउँदो सहिदको उपचार जनताको चन्दा रकमबाट कि राजनीतिक दल एवं स्थानीय सरकारको पहलबाट ?

Janjati Khabar – Lalendra Shakya | २०७८ कार्तिक ९, मंगलबार

– ललेन्द्र शाक्य -

बि.सं. २०४६ सालको जनआन्दोलनको क्रममा निरंकुश पंचायती शासकसंगको लडाइँको क्रममा कीर्तिपुरका जिउँदो सहिद राइमान शाक्यले तीन गोली खाइन् । जुन गोली शाक्यको खुट्टामा लागेको थियो । त्यो बेलादेखि हालसम्म छैठौं पटकसम्म अपरेशन भएर निको भइसकेको छ भने हाल फेरि त्यही गोलीका घाऊहरु बल्झिएर अब सातौं पटकको अपरेशन गर्नुपर्ने जिउँदा सहिद राइमान शाक्य बताउँछन् र उहाँले अब गर्नुपर्ने सातौं पटकको अपरेशनको लागि १२ लाख रकम खर्च हुने जानकारी पनि दिए ।

जिउँदा सहिद राइमान शाक्यको उपचारको लागि संगीतकर्मी समाजसेवी तेजमान बज्राचार्यको नेतृत्वमा रहेको कीर्तिपुरको चर्चित सांगितिक समूह नीलः सांस्कृतिक पुचःले कीर्तिपुरको विभिन्न क्षेत्रमा विविध सांगितिक कार्यक्रमको आयोजना गरी जनसमुदायबाट चन्दा संकलन गर्ने अभियान संचालन गरिरहेका छन् । यो अभियान नीलः सांस्कृतिक पुचःको उदारता अभियान हो भन्न सक्छौं र सकारात्मक कदमको रुपमा लिन सकिन्छ । 

तर कीर्तिपुर क्षेत्रका सचेत नागरिकहरुले प्रश्न राखेका छन् कि, के देशको लागि लड्ने जिउँदा सहिदको उपचार जनताबाट संकलित चन्दा रकमबाट गर्ने कि जिम्मेवार विभिन्न राजनीतिक दल एवं स्थानीय सरकारको पहलबाट गर्ने ?

हुनतः राज्यबाट नै गर्नुपर्ने हो भन्नेहरु पनि नभाका हैनन् । नेपाली कांग्रेसका नेतृ सुजाता कोइराला लगायत विभिन्न दलका नेताहरुलाई उपचार खर्च भनी लखौं करोडौं रकम सरकारले उपलब्ध गराउन मिल्ने, तर जिउँदा सहिदको उपचारमा सरकारले बेवास्ता गर्ने परम्परा, यो न्यायोचित नभाको भन्नेहरु पनि छन् । उनीहरु भन्छन्, ‘देशमा प्रजातन्त्र ल्याउनका लागि ती नेताहरुले के कति योगदान गरेका छन् देशका लागि, जति जिउँदा सहिद राइमान शाक्यले गरेका छन् । तुलना गरौं, मूल्यांकन गरौं ।’

बास्तबमा प्रजातन्त्रका लागि नै २०४६ सालका निरंकुश पंचायती ब्यवस्थाकोविरुद्ध लड्ने जिउँदा सहिद राइमान शाक्यको उपचारको लागि हाल जनसमुदायबाट चन्दा उठाउने अभियान नीलः सांस्कृतिक पुचःले थालनी गरियो । यो भन्दा पहिले कीर्तिपुरको सहिद स्मृति व्यवस्थापन समितिले जिउँदा सहिद राइमान शाक्यको उपचारको लागि भनी बैंक खाता नम्बरसहितको चन्दा संकलन विज्ञापन सार्वजनिक गरेको थियो । सहिद स्मृति व्यवस्थापन समिति विभिन्न राजनीतिक दल अनि स्थानीय सरकारकोमा किन जान सकेन जिउँदा सहिद शाक्यको उपचारको लागि ?

के राइमान शाक्यले गोली खाएको केवल जनताको लागि हो कि ती विभिन्न राजनीतिक दल एवं स्थानीय सरकारको लागि पनि ? बास्तवमा यो देश प्रजातान्त्रिक गणतान्त्रिक देशको रुपमा परिणत भइसकेको छ, सहिदहरुको सम्मान एवं जिउँदा सहिदहरुको रक्षा गर्ने काम कर्तव्य र दायित्व यही प्रजातान्त्रिक गणतान्त्रिक देशका शासक एवं शासन गर्ने विभिन्न दलहरुको हो । तर यहाँ प्रजातन्त्र गणतन्त्रको गन्ध छैन, निरंकुश पंचायती शासनको गन्ध फैलिरहेको आभाष हुन्छ जिउँदा सहिद राइमान शाक्यको उपचारका लागि जनसमुदायबाट चन्दा रकमको प्रक्रिया चलेको देख्दा भन्नेहरु पनि छन् ।

खै, कहाँ छन् ती राजनीतिक दलहरु ? अनि स्थानीय सरकारको नजर पनि जिउँदा सहिद राइमान शाक्यको उपचारप्रति परेको छ कि छैन ? बास्तबमा सहिद स्मृति व्यवस्थापन समितिभित्र नेतृत्वदायी पंक्तिमा विभिन्न राजनीतिक दलकै पात्रहरु छन् । खै त तिनीहरुको पहलकदमी भूमिका ? जनसमुदायबाट चन्दा अभियानमा हैन, विभिन्न दल एवं स्थानीय सरकारको पहलबाट जिउँदा सहिद राइमान शाक्यको पूर्णरुपमा उपचार गर्ने प्रक्रियालाई गति दिनुपर्ने परिस्थिति भएको अवस्था छ ।

सामाजिक संजाल फेसबुकबाट ...(Birendra Shakya)

राइमानका कथा ब्यथा : ०४६ सालको जनआन्दोलनको जिउ“दो सहिद कीर्तिपुर १० अमल्सि निवासी राइमान शाक्यको थप उपचारका लागि कीर्तिपुर क्षेत्रमा जनस्तरबाट सांस्कृतिक कार्यक्रममार्फत् आर्थिक सहयोग संकलनको अभियान चलिरहेको छ । त्यहि आन्दोलनबाट राजनीतिक ब्यवस्था परिवर्तन भई सत्तामा पुगेका नेताहरू राज्यको ढुकुटीबाट करोडौं रकम खर्च गरि विदेशमा उपचार गराउँछन् । तर आज एक निरीह र निमुखा नागरिकलाई जीवन जिउँनका लागि सहयोगको हात फैलाउन बाध्य र विवश बनेको, बनाईएको छ । देशमा जनताका बलिदानले परिवर्तन कसका लागि आयो ? संघीय, प्रदेश र स्थानीय सरकार ? खाली भोट र नोटको, राजनीति रहेछ । सिंहदरबारको अधिकार त गाउँ–गाउा होइन, पहुँचवालाहरूको खल्ति–खल्तिमा पुगेछ । सराप्नेछन्, ती तमाम अबोध आत्माहरूले ।

Categorized in विचार