STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अर्थ न बर्थ बिप्लवको नेपालबन्द

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार

सनम राजोपाध्य लामो समयपछि बिप्लब माओवादीले बिहिबार सरकारले आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेको बिरोधमा नेपाल बन्द आह्वान ग¥यो । नेपाल बन्दको आवाज पनि सुन्न नचाहेका राजनीतिक पार्टी र जनताका लागि बिहिबार भएको नेपाल बन्द पनि एक हिसावले टाउको दुखाईको विषय बन्न पु¥यो । हरेक बन्दले आखिर नेपाली जनता नै पीडामा पर्ने भएकाले पनि आगामी दिनमा बन्द सदाका लागि बन्द गर्ने भनी विभिन्न राजनीतिक दलहरुले टुंडिखेलमा नेपाल भ्रमणको अवसर पारी प्रतिवद्धता व्यक्त गरेका थिए । आगामी वर्ष नेपाल भ्रमण वर्ष भएकाले त्यस प्रकारको बन्द, हडताल र आम हडतालका कारण अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने देखिएकाले पनि सामान्य हिसावले बन्दलाई नकारात्मक रुपमा लिने गरेको हो । २०४६ सालको फागुण ८ गते नेपाली कांग्रेस र सात बामपन्थी दलले गरेको नेपाल बन्दको जस्तो महत्व थियो । आज बन्दको त्यो तुलनामा महत्व निकै न्यून हुने गरेको छ । त्यसमा पनि मात्रै आफ्ना कार्यकर्तालाई विना कारण गिरफ्तार गरेको र ती कार्यकर्ताहरुको रिहाईको माग तथा पार्टीले आह्वान गरेको एजेण्डामा सरकारले ध्यान नदिएका कुराहरुलाई लिएर गरेको नेपाल बन्दको के नै अर्थ रह्यो र ? वास्तवमा नेपालमा कयौं बन्दहरुले जनजीवनलाई नकारात्मक असर पार्ने बाहेक कहिल्यै पनि सकारात्मक प्रभाव जमाएको देखिएन । त्यसले पनि आम नेपाली जनताको लागि यहीं शक्तिले मुक्ति प्रदान गर्न सक्दछ भन्ने भान पार्न सकिएको छैन । आखिर प्रजातन्त्र र गणतन्त्र बहाली भैसकेको अवस्थालाई ध्यान दिएर हेर्ने हो भने नेपाली जनताले आर्थिक समृद्धि र सुशासन नै प्रमुख एजेण्डको रुपमा लिने गरेको तथ्यलाई अब कसैले पनि नकार्न सकिन्न । फागुनको अन्तिम दिन बन्द गरेको नेकपा बिप्लबको बन्दलाई सर्वसाधारणले कुन रुपमा हेरे भनी विश्लेषण गर्ने बेला पनि राम्रो पक्ष भन्दा नकारात्मक रुपमा नै लिने गरेको पाइन्छ । त्यसैले पनि बिहिबारको बन्दको बखत बिहान एक क्षणको लागि सडकमा देखा पर्ने आँट गरेका बिप्लब माओवादी कार्यकर्ताहरुले पनि हामी नेपालीहरुले सोचे अनुरुप नै विभिन्न सघ संस्थाले सो बन्दको बिरोधमा प्रदर्शनी गरेको पनि हामीले देख्यौं । बिहानै पुतली सडकबाट सुरु भएको शान्ति ¥यालीले भृकुटी मण्डप पुगी सभा गरेको थियो । त्यसैगरी कोटेश्वर, बानेश्वर र भक्तपुरका ठाउँ ठाउँमा पनि त्यसै गरी बन्दको प्रतिरोध गर्ने तयारी स्वरुप व्यानर, प्लेकार्ड सहितका संघ संस्थाहरुले शान्ति ¥याली र सभा गरेको पाइयो । बन्द जतिसुकै भएपनि शैक्षिक संस्था बन्द नहुने गरेको भक्तपुरमा निकै अगाडिदेखि स्कुल कलेजहरु निर्बाध रुपमा सञचालन हुने गरेको पनि वर्षौ वर्ष भैसकेको छ । हामी नेपाली जनताले कुन ठीक र कुन गलत भन्ने ठम्याउन नसकेकै बखत भक्तपुको प्रभावशाली राजनीतिक पार्टी नेमकिपाले शैक्षिक क्षेत्रमा बन्दको प्रभाव कहिल्यै पारेनन् । सोही कुरालाई ठम्याएर नै सबैजसो नेताहरु एक स्थानमा भेला भएर अब बन्दलाई सदाको लागि बन्द गर्ने है भनी सहमती गरेका थिए । तर आफूलाई पर्दा मात्रै थाहा पाउने नेताहरुकै कारण आज कुनै राजनीतिक पार्टीले आफ्नो मागलाई अगाडि राखी गरेको बन्द प्रति निकै नराम्रो रुपमा सोच्ने गरेको पनि पाइएको छ । राजनीतिक कारण मात्रै बन्द हुने र अरु व्यापारी, व्यवसायी वा दबाब समूहले बन्दको आह्वान गरेको कुरालाई भने पटक्कै ध्यान नदिने भएकाले पनि हामी नेपालीहरुले बन्दलाई रुचीको विषयमा लिने गरेको पाइएन । सामान्य अवस्थामा पनि एक स्थानबाट अर्को स्थानमा जानको लागि डर, त्रास र भय रहेका हामी साधारणलाई बम, बन्दूक र हतियारधारीहरुले बन्दको आह्वान गरेकाले केही मात्रामा त्रासको भाव पैदा हुनु स्वाभाविक थियो । कस्तो होला बन्द, के होला त्यो दिन भन्ने शंका उपशंका र धैर्यको सहारा लिइरहेका सर्वसाधारण व्यापारी, यातायात मजदुर र यात्रुहरुलाई पनि सो दिनको बन्दले अति नै चासो लिने वातावरण सिर्जन गरेको छ । तर बिहानै देखि स्कुल कलेजहरु यथावत सञ्चालन भएर उद्योगधन्दा, कल कारखाना र यातायात समेत सुव्यवस्थित रुपमा सञ्चालन भएपछि भने त्यो दिनको बन्दले खासै कसैलाई कुनै असर परेको देखिएन । यस उसले पनि यो बन्द अर्थहीन बन्दको रुपमा देखा परेको छ । सामान्य जनताको लागि बन्दले कतिको असर पार्दछ भन्ने विश्लेषण नगरी बन्दको नाटक रचेर वक्तब्यबाजीको भरमा बन्द गर्ने चलन धेरै अगाडि देखा परेको हो । नेपाल बन्द, उपत्यका बन्द वा ठाउँ विशेषको बन्दलाई व्यापारी, उद्योगपति वा यात्रुहरुले सहने कुनै सम्भावना नै थिएन । त्यसैले पनि यो भन्दा अगाडि पनि बिप्लब माओवादीका बन्द गर्न आएका कार्यकर्ताहरुले रामधुलाई सहनु परेको घटना हाम्रो सामु छँदैछ । बन्द भन्ने शब्द पनि सुन्न नचाहेका स्थानीय उपभोक्ता समितिका प्रतिकार समूहको मारमा पनि कयौं बन्द गर्न आएका कार्यकर्ता परेको घटना नौलो होइन । आज यदि जबर्जस्ती बन्द गर्न लगाएको भए वा मूल बजारमा जुलुस आएर त्यसले भ्रम उत्पन्न गरी प्रभाव पार्न खोजेको भए बिप्लब माओवादी प्रति नेपाली जनताले हेर्ने दृष्टिकोण गलत हुने थियो । समृद्धि र विकासको लागि गति अगाडि लान एकमत भएर स्थानीय निर्वाचन र संसदीय निर्वाचन सम्पन्न गरी विभिन्न ढंगमा राज्य अगाडि बढिरहेकै बखत त्यसलाई गतिहीन गर्न खोज्नेहरुले वा ध्वंसको सहाराले राजनीतिक सत्ता कायम गर्न खोज्ने शक्ति पुनः देखा परेका कारणले पनि यो समयमा बन्दलाई कसैले नरुचाएको हो । तराईमा आतंककारी गतिविधि गरिरहेको सीके राउत समूहलाई नै ठाउँका ठाउँ राज्यले तह लगाएर समाहित गर्दै अगाडि बढिरहेको र आफ्ना सत्ता सझेदारी दल राजपाका निर्वाचित सांसदलाई बरु कैद सजायँ गरेको बखत पारी भएको बन्दले खासै अर्थ पनि राखेको पाइन्न । बन्दको भ्रममा कयौं घरतिर बसेका मानिसहरुले पनि आफ्नो घर वरपर पसल, बजार खुल्ला रहेको थाहा पाएपछि फूर्सदमा बिताउने सोच बदलेको हुनुपर्दछ । यसले गर्दा पनि हिजो जस्तो बन्द भएको घोषणा गर्ने बिटिक्कै जनता सडकमा आएर बन्दको पक्षमा उभिने गरको हो । आज त्यसको प्रतिरोध गर्न वा शान्ति ¥याली वा सद्भाव ¥याली गरी बन्दको बिरोधमा सडकमा उत्रने क्रम जारी रहेको छ । त्यसैले पनि जनताले नचाहेको काम गर्नु भन्दा बरु जनताले अपेक्षा गरे अनूरुपका राजनीतिक कार्यक्रमहरुलाई जनता माझ लान सके त्यो भन्दा उपयुक्त चीज अरु हुने थिएन होला ।
Categorized in विचार